समाचार

    Showing 11,421-11,430 of 19,794 items.
  • अब कुराकानीको रेकर्ड वा स्क्रिनशट सार्वजनिक गरे ३ लाख जरिबाना र ३ वर्ष जेल

    काठमाडौं । कुराकानीको रेकर्ड वा स्क्रिनशट सार्वजनिक गरे ३ लाख जरिबाना र ३ वर्ष जेल सजाय हुन्छ। कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरिएको हो । जसअनुसार आपसी संवाद यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन पाइने छैन ।विधेयकको दफा ८९ को उपदफा १ मा लेखिएको

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 366 पटक पढिएको
  • मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग बनाउने सहमति, आन्दोलन स्थगित

    काठमाडौं । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ।गत ४२ दिनदेखि जारी मिटब्याज पीडित र सरकारबीच फेरि अर्को सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा मीटर ब्याज पीडितको समस्या समाधान गर्न नयाँ आयोग बनाउने सहमति भएको हो ।उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेको पहलमा भएको दुई दिनको बार्ता पछि सरकार र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएको हो । मीटर ब्याज पीडित संघर्स समितिका संयोजक अवदेश कुमार कुसवाले सरकारसँग

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 269 पटक पढिएको
  • कर्णाली पुलमा आगलागी हुदा ट्रक जल्यो

    काठमाण्डौ  ।  कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जलेको छ।साथै पुलका लठ्ठामा समेत आगो सल्केको छ। आज (सोमबार) दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो। एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खुलेको छैन्। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भए

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 324 पटक पढिएको
  • नेपालगञ्जबाट स्रोत नखुलेको भारतिय र नेपाली रुपैयाँ बरामत

    काठमाडौं  ।  प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताएका छन।आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 253 पटक पढिएको
  • बाजुराको जुगाडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्पको धक्का

    काठमाडौं  । बाजुरामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार बाजुराको जुगाडा आसपासका केन्द्र बिन्दु भएर भुकम्प गएको हो।केन्द्रका अनुसार अपराह्न ४ बजेर ५७ मिनेटमा जुगाडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्पको धक्का मापन गरिएको छ। यो पराकम्प नभएर नयाँ भूकम्प रहेको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 200 पटक पढिएको
  • हुण्डी कारोबार गर्ने गिरोह पक्राउ

    बाँके । नेपालगञ्जबाट प्रहरीले हुण्डी कारोबार गिरोहका तीन जनालाई ३८ लाख रुपैयाँसहित पक्राउ गरेको छ । आइतबार दिउँसो ३८ लाख रुपैयाँसहित  राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पूर्णिमा थारूलाई पक्राउ  गरेपछि उनीहरुले उक्त रकम हुण्डी कारोबारको  बताएपछि हुण्डी कारोबार गर्ने मुख्य व्यक्ति नेपालगञ्ज १६ जयसपुरका हसिब अजमत जसगढलाई पनि प्रहरीले पक्राउ गरेको हो। विशेष सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्जको धम्बोझी चोकको सांग्रिला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँ लिएर आएका दुई जनालाई नियन्त्रणमा लिएको थियो। हुण्डी कारोबार नेपालगन्जको

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 357 पटक पढिएको
  • झापाको भगवती प्लाइ उद्योगमा आगलागी

    झापा  ।  झापाको भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ। मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन।आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आगलागी भएको तीन घन्टा हुन लाग्दा पनि आगो नियन्त्रणमा आएको छैन।सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन्। प्रहरीका अनुसार बिहान ५ बजेदेखि आगो लागेको र आगलागीको कारण अनुसन्धान भइरहेकोछ । आगलागीबाट करोड बढी क्षति भएको अनुमान गरिएको छ । कुनै मानवीय क्षति भने भएको छैन । जिल्लाकै ठूलो यो उद

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 467 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।  बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । वाग्मती र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 302 पटक पढिएको
  • अब (.np) डोमेन लिन शुल्क तिर्नुपर्ने

    काठमाण्डौ  ।   अब डट एनपी दर्ता गर्नका लागि शुल्क तिर्नुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा डट एनपी (.np) डोमेन सम्बन्धमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।विधेयकको दफा ६६ अनुसार डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने भएको छ । हाल नेपालमा डट एनपीको व्यवस्थापन निजी क्षेत्रको कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गर्दै आएकोमा सरकारले अब सूचना प्रविधिमार्फत यसको काम हुने उल्लेख गरेको छ ।विधेयकको दफा ६७ मा डोमेन नेम दर्ता गर्नुपर्ने व्यवस्था उल्लेख

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 264 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।दिउँसो  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम  मुख्यतया  सफा  रहने  छ।राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 273 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा