काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।

अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि माग गरे ।

उनले भने, ‘यति दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिइयोस् ।’


उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप लगाए ।