काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागको मौसममा आंशिक बदली रहेको छ । भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।देशका पहाडी भूभ
मोरङ । विराटनगरमा नर्स मृत्यु प्रकरण : मृत्यु भएकि नर्सको हत्या गरेको भनिएका युवा विराटनगरका शिव शंकर दास विराटनगरको फाईन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ। गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा पनि मृत फेला परेका छन् । उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताएका छन । गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका छन ।वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु
काठमाडौं । धारिलो हतियार प्रयोग गरी हजुरबुवा र नातीको हत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले दुई जनालाई पक्राउ गरेको छ ।फागुन १ गते बिहान ६ बजे नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवास्थितमा गण्डक बाँधको जग्गामा कुटि बनाई बसेका वर्ष ७० को अक्षयलाल चमार र उनका नाती वर्ष १२ को गौचरण चमारलाई धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनामा अनुसन्धानको लागि व्यूरोबाट जिल्ला प्रहरी कार्यालय नवलपरासीमा खटिइ गएको थियो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यालय बेलाटारी समेतको संयुक्त टोलीले अनुसन्धान गरि घटनामा संलग्न व्यक्तिहरूलाई चैत ३ गते पक
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्माको हत्या आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । प्रहरीले लामालाई शुक्रबार राति पक्राउ गरेको थियो ।१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर न
काठमाडौं । गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको छ ।सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले बतायो।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो।यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।गृहमन्त्री लामिछानेले आइतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्या
काठमाण्डौ । विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन: गृह मन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन । विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन। गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा केह
काठमाडौं । रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । केन्द्रका अनुसार, यो धक्का ०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो । गोरखा भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ५९६ परकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्दै छ ।बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।कांग्रेसले सहकारी अनियमिततामा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.