समाचार

    Showing 10,931-10,940 of 25,723 items.
  • आगामी १० गतेबाट अनशन बस्ने राप्रपाका नेता गैरेको घोषणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा नेता राजु गैरेले आगामी १० गतेबाट अनशन बस्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले  आफूमाथि हातपात गरेको भिडियो सार्वजनिक हुदा पनि पार्टी र प्रहरीको तर्फबाट कुनै चासो नभएको भन्दै खडायतविरुद्ध कानूनी कारबाही नभएको खण्डमा आगामी भदौ १० गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्ने घोषणा गरेका हुन् । उनले भने, ‘म आगामी १० गतेबाट अनशन बस्ने घोषणा पनि गर्न चाहन्छु । मैले न्याय पाइन भने पार्टीको अनुशासन कायम गराउनका लागि, गल्ती गर्नेहरु कानुनको दायरामा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 252 पटक पढिएको
  • मुलुकमै इटा उत्पादनमा मधेश प्रदेश सबै भन्दा अगाडि : मुख्यमन्त्री सिंह

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुलुकमा इटा उत्पादनमा मधेश प्रदेश अग्रणी रहेको बताएका छन् ।नेपाल इट्टा उद्योग महासंघ, मधेश प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले उखु, आँप, माछा र धान लगायतको उत्पादनमा जस्तै इटा उत्पादनमा पनि मधेश प्रदेशको योगदान प्रमुख रहेको बताए । मुलुकभर रहेका करिब १३ सय इट्टा उद्योगमध्ये ७ सय मधेश प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको जानकारी उनले दिए । मुख्यमन्त्री सिंहले मधेश प्रदेशवाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त न

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 464 पटक पढिएको
  • प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्  । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले लामिछानेलाई भैरहवा पुगेर भेट्न चाहेको भए पनि समय नमिलेको कारण त्यहाँ जान नपाएको बताए ।प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्र

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 382 पटक पढिएको
  • चक्कु प्रहार गरि युवकको हत्या, एक जना पक्राउ

    रौतहट— रौतहटको गौरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३ः १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थमा घटनास्थालमा शव  फेला परेको प्रहरीले जानकारी दिएको छ ।हत्या भएको युवक गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै बुधबार दिउसो चक्कु हानहान हुँदा १८ वर्षिय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चक्कु प्रहार यमुनामाई गाउँपालिका ५ का  सहाबुद्दिन मिया रहेको बुझिएको छ । 

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 444 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण माग

    जनकपुर— मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ ।मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी यादव र रन्जिता साहलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकर

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 765 पटक पढिएको
  • जनप्रतिनिधि नै गाउँपालिकाको कार्यालय अगाडी धर्नामा

    रौतहट— रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी  जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् । गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै  धर्नामा बसेका हुन । गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधवार विहान १० बजे देखि धर्नामा बसेका छन । संघर्ष समितिका संयोजक  समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो । प

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 609 पटक पढिएको
  • फिनल्याण्डका सांसदले संसदभित्रै आत्महत्या गरे

    काठमाडौं— फिनल्याण्डको संसद भवनभित्र ३० वर्षीय सांसद ईमेली पेल्टोननले आत्महत्या गरेका छन्। उनी सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सांसद थिए।आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा पेल्टोननले आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए। यसपछि, अर्को रोगका कारण उनले संसदीय कामबाट बिदा लिनुपरेको थियो।पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए। उनी संसदका केही समितिहरूमा काम गर्थे। उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।एसडीपी नेता टिटी टुपुराइनेनले भने, 'ईमेलीको मृत्युबाट हामी धेरै दुखी छौं। उहाँ सबैको मायालु हुनुहुन्थ्यो। यति सानो उमे

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 650 पटक पढिएको
  • हृदयेश त्रिपाठी भन्छन सरकार प्रतिशोधको राजनीतिमा उत्रियो

     काठमाडौं— हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएको छ । अध्यक्ष त्रिपाठीले लामो समयपछि गौर हत्याकाण्ड घटना ब्युँत्याएर प्रतिशोधको राजनीति गर्न खोजेको बताए । “घटना दुर्भाग्यपूर्ण हो । तर, यति लामो समयपछि सरकारले घटना ब्युँत्याएर के गर्न खोजेको हो ?” उनले भने ।  दुई ठूला दल मिलेर बनेको सरकार प्रतिशोध साँध्न मात्र केन्द्रित देखिएको उनको भनाइ छ ।  यसैबीच संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बुधबार (आज) बस्दै छ । काठमाडौंको थापागाँउस्थित जनता प्रगतिशीलको कार्यालयमा साँझ ५ बजे बैठक बस्ने त्रिपाठीले जानका

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 767 पटक पढिएको
  • कोशी, गण्डकी र मधेश प्रदेशको केही स्थानमा भारी बर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राती भने कोशी प

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 766 पटक पढिएको
  • सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तुको दिगो समाधानको लागि अगाडि बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरैपटक छलफल भईसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए । साथै, उनले न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होईन भन्ने विषयमा पनि निष्कर्षमा पुग्ने भन्दै बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउन

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 715 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.