काठमाडौं— नेकपा एकीकृत समाजवादी (नेकपा एस)को राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि हुँदैछ । नेकपा एमालेबाट दुई वर्षअघि अर्थात् २०८७ सालमा छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशन आजदेखि असार २० सम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । सर्वोच्च अदालतको फैसला र एमालेबाट विद्रोह गरेर बनेको पार्टीको यो प्रथम महाधिवेशन हो । महाधिवेशनको लागि पार्टीले एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।आजदेखि सुरु हुने महाधिवेशनको लागि प्रमुख तीन नेताह
काठमाडौं— भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।'यो मेरो पनि अन्तिम ट्वान्टी–२० खेल थियो । यो संरचनालाई छोड्ने योभन्दा राम्रो समय अरु हुन सक्दैन। मैले यही संरचनाबाट भारतीय क्रिकेट टिममा सुरुआत गरेको थियो । यो मेरो चाहना थियो, म उपाधि जित्न चाहन्थे,' खेलपछि रोहितले भने ।शर्माले भारतबाट टेष्ट र एकदिवसीय क्रिकेट भने खेल्ने छन् । रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्या
काठमाडौं— भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन्। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे। सन्यासपछि उनले भनेका छन्, ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो । मैले मेरो काम पूरा गरेँ। अब, नयाँ पिँढीका लागि अवसर हो। केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन्।’शनिबारको खेलमा भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए। उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए। कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन्। प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थि
काठमाडौं— भारत दोस्रोपटक आइसिसी टी–२० विश्वकपको च्याम्पियन बनेको छ। शनिबार राति वेस्ट इन्डिजमा भएको फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित गर्दै १७ वर्षपछि उपाधि जित्यो। वेस्ट इन्डिजको बार्बाडोसमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदा मात्र १ सय ६९ रन बनाउन सक्यो। भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्न सफल भयो। अपराजित रहँदै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्न फेरि असफल भएको छ। एडम मारक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका यसअघि टी–२० मा दुई तथा एकदिवसीयमा प
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्ब
काठमाडौं— मनसुनको सक्रियतासँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन्।राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै उनले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्र
काठमाडौं— काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।कामपाका पूर्वाधार सल्लाहकार सुनील लम्सालले फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहोर रोकिने समस्या नहुने बताए। ‘विगतमा फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहोरलाई (क्यापिङ) माटोले छोपेर मिलाउने काम गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यस वर्ष फोहाेर व्यवस्थापनमा समस्या हुँदैन,’ उनले भने।लम्सालले तीनपिप्लेदेखि सिसडोलम्म केही
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्ज सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रद
काठमाण्डौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको अरनिको यातायातको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेमध्ये ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूको उद्दार गरी उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ।बस खिम्ति केउरिनि हुँदै मन्थली जाँदै थियो । घाइतेलाई उद्धार गरी उपचारका अस्पताल लगिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.