समाचार

    Showing 10,881-10,890 of 19,751 items.
  • हेटौंडा-काठमाडौं जोड्ने सडक पहिरोले अवरुद्ध

    हेटौडा । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।हेटौंडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।वर्षाको कारण सडकखण्ड अन्त

    • प्रकाशित मितिः असार २२, २०८१
    • 345 पटक पढिएको
  • अविरल वर्षाले देशभरका ११ सडकखण्ड अवरुद्ध

    काठमाडौं— रातभर परेको झरीले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । देशभर ११ वटा सडकखण्ड अवरुद्ध बनेका सडक विभागले जनाएको छ । काठमाडौं जोड्ने वीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।यस्तै काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँद

    • प्रकाशित मितिः असार २२, २०८१
    • 378 पटक पढिएको
  • २८ गते संसद्‌मा 'फेस' गर्न प्रधानमन्त्रीसँग कति मत छ ?

    काठमाडौं— दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुको साटो स‌ंसदीय प्रक्रियामा गएर पदमुक्त हुने बाटो रोजेका छन्। तेस्रो दल भएर पनि दुई वर्षसम्म सरकारको नेतृत्व गर्ने अवसर पाएका प्रचण्डलाई कहिले कांग्रेसले साथ दियो त कहिले एमालेले। अहिले भने दुवै दलले उनको साथ छोडेका छन्। दुई वर्षको अवधिमा चारपल्ट विश्वासको मत पाइसकेका प्रचण्डले पाँचौंपल्ट मत माग्न लागेका हुन्। कांग्रेस र एमाले दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि त्यसलाई अटेर गर्दै दाहालले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मत लिन

    • प्रकाशित मितिः असार २२, २०८१
    • 267 पटक पढिएको
  • देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन अपिल

    काठमाडौं— अहिले काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ ।अहिले देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित ह

    • प्रकाशित मितिः असार २२, २०८१
    • 271 पटक पढिएको
  • काठमाडौं प्रहरी परिसरको सेवा अब भद्रकालीबाट

    काठमाडौं— जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ।यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण भएसँगै असार २३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागिएको परिसरका प्रमुख वसन्त रजौरेले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो।भद्रकालीस्थित कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त भवन आठ तल्

    • प्रकाशित मितिः असार २२, २०८१
    • 323 पटक पढिएको
  • कियर स्ट्यामर बने बेलायतको नयाँ प्रधानमन्त्री

    काठमाडौं— लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ स

    • प्रकाशित मितिः असार २२, २०८१
    • 399 पटक पढिएको
  • आजलाई तय नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चिककाललाई स्थगित

    काठमाडौं— नेपाल पत्रकार महासंघको असार २२ गते शनिबार (आज)लाई तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ।महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै आज हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको हो।सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।

    • प्रकाशित मितिः असार २२, २०८१
    • 434 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ। अहिले बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । थोरै स्

    • प्रकाशित मितिः असार २२, २०८१
    • 288 पटक पढिएको
  • सुन गाल्ने मेसिन, नगदसहित ५ जना पक्राउ

    काठमाण्डौ । अबैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले असार २० गते महालक्ष्मीस्थानमा निर्माणाधीन घरमा छापा मार्दा शंकास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले सुन गाल्ने मशिन, डिजिटल र ५० लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ।पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन्। छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष

    • प्रकाशित मितिः असार २१, २०८१
    • 405 पटक पढिएको
  • दैनिक पानी पर्न थालेपछि बढ्यो डेंगुको संक्रमण

    काठमाडौं— दिनहुँ पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा सङक्रमण देखिएको उनले बताए । सबैभन्दा बढी काठमाण्डौमा एक सय ५९ जनामा डेङ्गी देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । डाक्टर दाहालले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिए ।पानी जम्ने स

    • प्रकाशित मितिः असार २१, २०८१
    • 339 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा