समाचार

    Showing 10,881-10,890 of 25,723 items.
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।बिहीबार एक लाख ९४ हजार आठसय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएकोे छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 600 पटक पढिएको
  • मन्त्री खड्का भन्छन जनताको भावना अनुरूप नै मुलुकको विकासका लागि वर्तमान स्थायी सरकार बनेको हो

    लहान— ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानकालागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताएका छन् ।सामाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री खड्काले भने, ‘स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो, जसले मुलुकको प्रगतिको लागि ठूलो योगदान पुर्याउनुभएको थियो ।’उनले प्रदीप गिरीको दृष्टिकोण र कार्यक्षेत्रलाई स्मरण गर्दै थपे, ‘विपी कोइरालाको विचारसँग प्रभावित भएर उहाँ स्थापित भएका थिए । व

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 520 पटक पढिएको
  • इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

    काठमाडौं— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् ।बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 635 पटक पढिएको
  • मधेश प्रदेशमा लगानी सम्मेलनको तयारीमा सक्रिय छलफल

    जनकपुर— मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । यसै सन्दर्भमा प्रदेश जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, निति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थितिमा विशेष छलफल भएको छ ।सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 742 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं—  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।त्यसैगरी, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । कृषि तथा पशुप

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 624 पटक पढिएको
  • टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं— अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ ।सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।चौथो र पाँचौं खेलमा भने नेपालले सानदार जित निकालेको छ । चौथो खेलमा मंगलबार होबार

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 628 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशका कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।राति देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 321 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ३९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८२ पै

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 320 पटक पढिएको
  • कृषि तथा पशुपन्छी सेवा केन्द्र उमहानगरपालिकालाई हस्तान्तरण

    जनकपुर । अब जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाका किसान एवम कृषकहरु लाभान्वित हुने भएका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नं.१७ मा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास योजना अन्तर्गत आर्थिक करिडोर कार्यालय बर्दिवासले २ करोड ४० लाखको लागतमा निर्माण गरेको उक्त भवन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष मेयर मनोज कुमार साहलाई हस्तान्तरण गरेका छन् । भवनको स्वामित्व ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामसहित धनुषाका ग्रामीण क्षेत्रका कृषकाहूरुका लागि जनक

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 495 पटक पढिएको
  • जसपा नेपालद्वारा जनकपुरधाममा सडक अवरुद्ध

    जनकपुर । जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा क्रमशः चौथो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका सडक अवरुद्ध गरेको छ ।बिहीबार (आज) जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको उनीहरुको आरोप छ । सरकारले उपेन्द्र यादवविरुद्धको मुद्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 282 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.