काठमाडौं— सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ। केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो। यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो। मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ४७१ डलर पुगेको छ। अमेरिकको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ। ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले ३० बुँदे सुझाव दिएको छ ।एमाले उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङलाई प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको टोलीले बुधबार मन्त्रालयमा भेटवार्ता गरी सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामको सूचीसहित ३० बुँदे सुझाव बुझाएको हो। टोलीले बुझाएको सुझाव संचार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव रहेको छ ।एमाले प्रचार विभागले बुझाएको सुझावमा राष्ट्रिय सभाको विधायन समितिमा रहेको मिडिया काउन्सिल विधेयक परिमा
काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो।उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र स
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ ।
काठमाडौं— नारायणगढ–मुग्लिन सडकको सिमलतालमा बेपत्ता भएका यात्रुको खोजी गर्न नवलपुरमा सेना परिचालन गरिएको छ । कावासोतीमा रहेको सेनाको वन तथा पर्यावरण निर्देशनालय अन्तर्गतको कमाण्डमा चितवन निकुञ्ज र नवलपुरको अमलटारीमा रहेको सेनालाई प्राविधिक जनशक्तिसहित परिचालन गरिएको हो ।प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रीहरु नवलपुरको नारायणी नदीसहित त्रिवेणीसम्म पनि नभेटिएकाले नारायणी नदीमा बगेका शव खोज्न मोटरबोटसहित सेना परिचालन गरिएको बताए । उनले भने, 'नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बोटे, माझी समेतलाई शव खोज्नका लागि भनिएको छ, ब
काठमाडौं— गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रधान कार्यालयको निरीक्षणका क्रममा मन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्ब
काठमाण्डौ । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्।बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।स्थानीयले नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीमा आगजनी गरेका हुन। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका थिए। स्थानीयहरूले संघर्ष समिति नै बना
कपिलवस्तु— भारतले कपिलवस्तुको सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण नेपालतर्फ तीन सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको छ।असार तेस्रो सातादेखि बाढीले खेत डुबाउँदै लगेकोले रोपाइँ गर्नै नसक्ने अवस्था आएको गुनासो किसानले गरेका छन्। यशोधरा गाउँपालिका ५, भगवानपुर, लोहरौली र भैंसहियाका किसानको ३ सय बिघा बढी खेत डुबेको हो। बाँध फुटेर १५ दिनदेखि पानीले खेत डुबाएकाले अब हातमुख कसरी जोर्ने भन्ने चिन्ताले सताएको यशोधरा गाउँपालिका कपिलवस्तुका किसान भगवानदास यादवले गुनासो गरे । महलीसागर बाँधका १५ वटा ढोकामध्ये केहीमा एक मिटर चौडा र डेढ मिटर लम्बाइका मोटामोटा सालका पटरी राखेर पानी छेकिएको छ।&n
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।बिहान बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताए ।आज देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, वाग्मती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा तथ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.