काठमाडौं–सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका चार जनाको शव फेला पारिएको छ । दुर्घटनाग्रस्त विमानले अन्य विमानहरूमा क्षति पुर्याएको छैन । आज करिब ११ बजेतिर पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको पाइएको छ । जहाज दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने दर्जनौ उडान–अवतरण सबै बन्द भएका हुन । उद्धारको काम जारी भएकाले आन्तरिक जहाजहरूलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् ।
काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएमई जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा १९ जना यात्रारत रहेको पाइएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । अहिले उद्धारको काम जारी छ । दुर्घटनास्थलमा अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली परिचालन भएको छ ।
काठमाडौं– परराष्ट्र मन्त्रालयले बंगलादेशमा आरक्षणविरोधी आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । बंगलादेशको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन साम्य भैसकेको छ । आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयले जानकारी गराएको हो । फर्किन टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन अनुरोध गरिएको छ । तथापि फर्कनैपर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका हकमा स्वनिर्णयले फर्किन पाउनेछन् । मन्त्रालयका अनुसार अ
काठमाडौं–पहिरोले गल्छी–रसुवागढी सडक अन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको हो । अविरल वर्षासँगै खसेको पहिरो जाँदा विभिन्न चार स्थानमा आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने जनाइएको छ ।
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाउने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै ओलीले यस्तो बताएका हुन् । ओलीले भनेका छन्, ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाईन अहिले जोडिएको छ ।’प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देशन दिएको आर
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ।राति बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थ
काठमाडौं–त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी १२औँ दिन पनि खोजी जारी रहेको छ । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा हराइरहेका बस तथा यात्रुको खोजी भइरहेको हो । सुरक्षाकर्मीले घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागेका छन् । नेपाली सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुन: खोजतलास थालिएको हो । यसअघि भेटिएका भनेका २५ श
काठमाडौं–वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बन्द भएको छ । सोमबार बेलुकादेखि परेको वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो । अहिले पनि वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या हुँदैछ । सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात टुटेको छ । सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका कृषकलाई थप समस्या भएको छ ।
काठमाडौं–प्रहरीले विभिन्न व्यक्तिलाई प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्यूटरतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह इन्जिनियरिङ्ग उपसमूह, सूचनाप्रविधि कम्प्युटर तर्फको प्रहरी सहायक निर्देशकमा ६ जनालाई सिफारिस गरिएको हो ।
काठमाडौं–नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको हिजो बसेको बैठकले जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.