समाचार

    Showing 10,771-10,780 of 25,722 items.
  • माइतीघर मण्डलाबाट गोरखापत्र जलाउन खोज्ने युवक पक्राउ

    काठमाडौं— मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन्।‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो।मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए।उक्त समाचारमा निराहार वर्तले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो।सोही क्रममा सन्तोष

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 516 पटक पढिएको
  • टेरीटरीमाथि नेपालको ४१ रनको जित

    काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीलाई ४१ रनले पराजित गरेको छ । नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १ सय ३६ रन मात्र बनायो । नेपालको जितमा सन्दीप लामिछानेले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसी २, रुपेश सिंह र कुशल भुर्तेलले एकएक विकेट लिए ।त्यसैगरी ब्याटिङमा टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए ।

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 429 पटक पढिएको
  • पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    काठमाडौं । पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ । आज तीजको दिन मन्दिरमा हुने भक्तजनको घुईंचोका कारण महिलाहरू गर्मीले बेहोस हुने समस्याको समाधानकालागि पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई शितलता प्रदान गर्न वाटर ड्रपलेट गराएको हो । यसबाहेक पनि कोषले भक्तजनको सहजताका लागि विभिन्न सेवा सुविधाको व्यस्था गरेको छ । अरु वर्षझै यस वर्षमा पनि मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति छ । 

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 349 पटक पढिएको
  • भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने बताएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरितका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेमा रास्वपा स्पष्ट रहेको बताए । नेपालको प्रत्यक्षसहमति बिना भएका सहमति स्वीकार्न नसकिने रास्वपाको धारणा छ ।विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ । नेपाली भू–भागमाथि अन्य देशहरूको

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 405 पटक पढिएको
  • बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु

    बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् । माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।खवर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए ।उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 424 पटक पढिएको
  • मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । मंगलबार हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् । सोही क्रममा उनले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको लागि गरिएको व्यवस्थाको पनि निरीक्षण गरेका छन् । 

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 431 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 422 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३  पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १४ पैसा र बिक्रीदर १०१ र

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 488 पटक पढिएको
  • आज २०८२ साल भदौँ १० गते मङ्गलबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पहिलेको मेहनतबाट लाभ मिल्नेछ। व्यवसाय विस्तार र नयाँ लगानीका सम्भावना देखिन्छन्। पारिवारिक सौहार्द बढ्नेछ भने यात्रा र अध्ययन लाभदायक रहनेछन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)संकटमा पनि हिम्मतिलो प्रयास सफल हुनेछ। गुरुजनको सहयोग र बुद्धिको प्रयोगले फाइदा हुनेछ। पुराना समस्या समाधान हुने संकेत छन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्नेछ। स्वास्थ्यमा चिसोको असर देखिन सक्छ। सम्बन्धमा सामान्य तनाव सम्भव भए पनि प्रयत्न गरे सकारात्मक नतिजा मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु,

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 542 पटक पढिएको
  • जनकपुरधममा निजी विद्यालय संचालकहरुद्वारा प्रदर्शन

    जनकपुर । निजी विद्यालय संचालकहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । नयाँ शिक्षा ऐन निजी विद्यालय बन्द गराउने गरी ल्याउन लागिएको भन्दै उनीहरुले सोमबार (आज) जनकपुरधाममा प्रदेश स्तरीय शान्तिपूर्ण प्रर्दशन गरेका हुन् ।संघीय शिक्षा ऐनको निजी विद्यालय सम्बन्धि केही प्रावधान तत्काल सच्याउन माग गर्दै निजी विद्यालयहरुको संगठन प्याव्सन, नेपाल प्याब्सन, हिसान र अपेनको प्रदेश समितिले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।शान्तिपूर्ण विरोध जुलुस जनकपुरधामको विभिन्न चोक हुँदै मधेश प्रदेश सभा अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै संचालकहरुले निजी विद्यालयलाई गैरनाफा मुलक बनाउन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 398 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.