बंगलादेश- विद्यार्थी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन्। समाचार संस्था अलजजिराका अनुसार उनी राजीनामा दिएर सुरक्षित स्थानमा लागेकी हुन।प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। विद्यार्थी प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिना प्रधानमन्त्री पद त्याग्न बाध्य भएकी हुन। त्यको स्थिति सम्हाल्न बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्र
काठमाडौं–नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खसेको हो । घटनामा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ठाउँका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते छन्। घाइते अशोक राजभारको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम)मा उपचार भइरहेको छ ।
काठमाडौं–चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार बिहान एक व्यक्तिमाथि बाघले आक्रमण गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दिनभरको खोजी र उद्धार प्रयासपछि बाघलाई नियन्त्रणमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार भरतपुर महानगरपालिका–२ बेलटाँडीका पशुपति श्रेष्ठ नारायणी नदी किनारमा बाघको आक्रमणमा परेका थिए। आक्रमणपछि बाघ नजिकैको झाडीमा लुकेको थियो। बाघलाई नियन्त्रणमा लिन विभिन्न निकायका कर्मचारीहरू खटिएका थिए। दिनभर चलेको खोजी अभियानमा हात्तीको प्रयोग गरिएको थियो। तर, बाघको गर्जनले केही हात्ती डराएर भागेका थिए। पछि थप हात्ती ल्याएर बाघलाई डार्ट गरिएको थियो। नियन्त्रणमा लिइएको बाघ दुई म
काठमाडौं— वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आज जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो।हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मंगलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ।१२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए
काठमाडौं— हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ। इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ।इरानको धम्कीपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेका छन्। मध्यपूर्वमा बढ्दै गएको तनाव र यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको निगरानी विश्वले गरिरहेको छ।इजलायल, लेबनान र सिरियाको सिमानामा तैनाथ राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटिएका शान्ति सेनामाथि सुरक्षा खतरा बढेको छ। नेपाललगायत विश्वका एक दर्जनभन्दा बढी देशका शान्ति सैनिक अहिले इजर
काठमाडौं— त्रिभुवन विमानस्थल परिसरमा गत साता दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणको लागि सिंगापुर पठाइएको छ।गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणको लागि ‘जहाज दुर्घटना छानबिन आयोग’का संयोजक रतिशचन्द्रलाल सुमन सिंगापुर गएका हुन्।दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्समा हुने ककपिटको भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) अध्ययनको लागि संयोजक सुमन सिंगापुर गएका हुन्।दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी त्यसको कारण पहिचान गरेर आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने
काठमाडौं–नेपाल प्रहरीले पछिल्लो समयमा विभिन्न विदेशी आइडीहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भैरहेको जनाएको छ । यस किसिमका झुट्ठा पोष्टहरुबाट सतर्क रहन नेपाल प्रहरीले सम्पूर्णलाई अनुरोध गरेको हो । नेपाल प्रहरीका अनुसार, ठगहरूले विश्वसनीय देखाउन सरकारी र निजी संस्थाहरूको नाम र लोगो प्रयोग गरी रोजगारीका आकर्षक प्रस्तावहरू राख्ने गरेका छन् । आफ्नो व्यक्तिगत विवरण, पैसा, वा अन्य संवेदनशील जानकारी साझा गर्दा ठगीमा परिरहेका छन्। नेपाल प्रहरीले सर्वसाधारणलाई साइबर सुरक्षाका उपायहरू अपनाउन सुझाव दिएको छ । आफ्नो साइबर सुरक्षा बलियो ब
काठमाडौं–काठमाडौं–अविरल वर्षाले देशभर बाढी र पहिरोको कहर निम्त्याएको छ । गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्का घटनामा आइतबार दिउँसो सम्म १५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जानकारी गराएको छ । यसैगरी, बाढी र पहिरोका कारण देशभर १७७ जना घाइते भएका छन्। घाइतेहरूको विवरण
काठमाडौं— आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन्।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ।साउने सोमबार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन्।साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ। साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णप
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक\दुई स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.