समाचार

    Showing 10,661-10,670 of 19,751 items.
  • जाजरकोट दुर्घटना अपडेट ; चालकको घटनास्थलमै मृत्यु‚ बाँकी सबै घाइते

    सुर्खेत - जाजरकोटको भेरी नगरपालिका(६ गंजमा भएको ग १ ज ७७११ डबल क्याप बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको उक्त जिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका–६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु भएको छ। जिप सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।जाजरकोट भेरी नगरपालिका(६ की २८ वर्षीया सपना बिक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन्। २१ वर्षीया

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 126 पटक पढिएको
  • बंगलादेशका राष्ट्रपतिद्वारा संसद् भंग

    काठमाडौँ- बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्।  आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए।प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि मुलुकमा के हुन्छ भन्ने अनिश्चय छ। सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने बताएका छन्। तर, विद्यार्थीहरू नेताहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने अडान राखेका छन्।उनीहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नयाँ क्याबिनेटको प्रमुख सल्लाहकार हुनुपर्ने बताएका छन्। पेरिसमा रहेका युनुस बंगलादेश फर्किने तयारीमा छन्। एजेन्सी 

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 396 पटक पढिएको
  • काठमाडौंमा ४० हजार विद्यार्थी होस्टेल बस्छन्

    काठमाडौं— काठमाडौं महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । सोमबार समितिका संयोजक एवम् महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।त्यस क्रममा उपप्रमुख डङ्गोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवासम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुन

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 454 पटक पढिएको
  • लगातारको वर्षाले काठमाडौं जलमग्न

    काठमाडौं— गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छ भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । रामशाहपथस्थित राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्ने गरी पानी जमेको छ । पानी जम

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 329 पटक पढिएको
  • मौसमका कारण हवाई उडान प्रभावित

    काठमाण्डौ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविरल वर्षाका कारण उडान प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।खराब मौसमकै कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएका छन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अविरल वर्षाका कारण उडान सेडुलमा रहेका जहाज पनि प्रभावित हुन पुगेको छ । कम भिजिबिलिटी अवतरणका लागि कम्तीमा १ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी १ हजार भन्दा कम रहेको जनाएको छ ।खराब मौसमका कारण स

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 541 पटक पढिएको
  • कालीगण्डकी करिडोर पुन: अवरुद्ध

    काठमाडौं–अविरल वर्षाका कारण गएराति कालीगण्डकी करिडोर पुन: अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो करिडोर बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार, पहिरोले सडक नै भासिएको छ । जसकारण लामा तथा छोटो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन् । सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।गत हप्ता पनि यही क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सोमबार दिउँसो सडक सञ्चालनमा आए पनि पुन: परेको भारी वर्षाले सडक अवरुद्ध बनाएको हो । हाल वर्षा जा

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 570 पटक पढिएको
  • प्रहरीलाई उत्कृष्ट सेवा प्रवाहमा कटिबद्ध हुन प्रहरी महानिरीक्षकको निर्देशन

    काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्दै पीडित र सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिवद्ध हुनुपर्ने बताएका छन्।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु र प्रहरी गतिविधि सम्बन्धमा सोमबार आयोजित निर्देशन सम्बोधनमा कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनामा प्रहरीको प्रभावकारी उद्दार कार्यको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिए।सडक दुर्घटना न्यूनीकरण र जनचेतना फैलाउन सरोकारवाला निका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 351 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ ।देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, ग

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 414 पटक पढिएको
  • बंगलादेश अशान्त, के छ त्यहाँ रहेका नेपालीको स्थिति?

    काठमाडौं- मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ । अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ ।इरानको रा

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 143 पटक पढिएको
  • बंगलादेशका सेना प्रमुखले भने– अन्तरिम सरकार बन्छ

    बंगलादेश- बंगलादेशका सेना प्रमुख जनरल वकारले एक सार्वजनिक सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा बंगलादेशमा एक अन्तरिम सरकार बन्ने बताएको बीबीसीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 507 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा