काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना भएको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथमिकता दिने निर्णय गरेको छ । मन्त्रालयले तत्कालीन, मध्यकालीन, र दीर्घकालीन सुधारका पहल थालनी गर्ने जानकारी गराएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै, अतिजरुरी बाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरका छन् । उनले यसका लागि आवश्यक कदम चाल्न मन्त्रालय र मातहतका निकायलाई सक्रिय पार्ने उल्लेख ग
काठमाडौं–गत जेठ २८ गतेदेखि लगातारको वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ। बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको छ।यस विपद्मा परी १९९ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना, र सुदूरपश्चिम प्
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ ।हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहने छ। मधेश प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।राती देशभर आंशिक देखि साधारणतय
काठमाण्डौ । ठुलो दुर्घटनाबाट जोगियो अर्को हेलिकप्टर काठमाडौँबाट नेपालगन्ज हुँदै बैतडीकालागि उडेको हेलिकप्टर खराब माैसमका कारण बाँकेको राप्तिसोनारी गा.पा कुसुम खेतमा आकस्मिक अवतरण गरेको छ ।पुनः आजै अर्को हेलिकप्टरको आपतकालीन अवतरण गरेको हो। काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आपत्कालीन अवतरण गरिएको छ। आज दिउँसो साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।
काठमाडौँ- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो । साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१
काठमाडौं-एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएको थियो। दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको सशस्त्र प्रहरी बलले जनाएको छ।हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार
काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर भएको दुर्घटनामा उद्धार कार्य जारी छ। प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।तस्बिर स्रोत ः नेपाल प्रहरी
काठमाडौं— एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित पाँच जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरण स्रोत जनाएको छ।उक्त हेलिकोप्टरमा चालकसहित पाँचजना सवार थिए।
काठमाडौं–चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार, पृथ्वीराजमार्गअन्तर्गत खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी छ । प्रहरी निरीक्षक भण्डारीले सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने बताए ।
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । मौसमको अवस्था देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.