समाचार

    Showing 10,631-10,640 of 19,748 items.
  • बंगलादेशी सरकारको पहिलो निर्णय : आन्दोलनविरुद्ध लगाइएका मुद्दा फिर्ता लिइने

    काठमाडौँ-  बंगलादेशमा जनआन्दोलनका क्रममा चलाइएका सबै मुद्दा फिर्ता लिइने भएको छ। कानुन मन्त्रालयले विद्यार्थी तथा नागरिकको पछिल्लो जनआन्दोलनलाई दमन गर्ने उद्देश्यले जुलाई १ देखि अगस्ट ५ सम्म चलाइएका सबै मुद्दा फिर्ता लिने तयारी गरेको हो।नवगठित अन्तरिम सरकार अन्तर्गतको मन्त्रालयको पहिलो बैठकले त्यसका लागि तीन दिनभित्र कदम चाल्ने निर्णय गरेको हो। बैठक कानून, न्याय तथा संसदीय मामिला सल्लाहकार प्रा। आसिफ नजरुलको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मन्त्रालयले उक्त अवधिमा हत्यामा संलग्नलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।उत्पीडनको मुद्दामा पक्राउ परेका बालबालिका तथा किशोरलाई आगामी तीन दिनभित्

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 289 पटक पढिएको
  • कुलमानले पठाएको कागजात अध्ययन गर्दै लेखा समिति

    काठमाडौं— विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पढाएको कागजात अहिले संसदीय समितिमा अध्ययन भइरहेको छ । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएका डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी कागजात अध्ययन थालेको छ। प्राधिकरणले बिहीबार डकुमेन्ट पठाएको र लेखा समिति सचिवालयले अध्ययन गरिरहेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । सार्वजनिक लेखा समितिले गत शुक्रबार टाइम अफ डे (टीओडी) तथ्यांक, प्राधिकरणका सञ्चालक मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन अनि डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी निर्णय कार्यान्वयन गर्न भएका पत्राचार नेपाल विद्युत् प्राधिकरणस

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 280 पटक पढिएको
  • विमान दुर्घटना सवार सबैको मृत्यु

    काठमाण्डौ  ।   ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६२ जनाको मृत्यु भएको छ ।ब्राजिलको साओ पाउलोमा एक विमान दु'र्घटना हुँदा ५८ यात्रु र चालक दलका ४ सदस्य सहित ६२ जनाको मृ'त्यु भएको छ । भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे। सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको देख्न सकिन्छ। दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट स

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 309 पटक पढिएको
  • सरकार र सरकारकै मातहतको विद्युत प्राधिकरणको विवाद कहिलेसम्म ?

    काठमाडौं— सरकार र सरकारकै मातहतको एउटा निकाय नेपाल विद्युत प्राधिकरणबीच यतिबेला जुहारी चलिरहेको छ । एमाले–कांग्रेस गठबन्धनको सरकार बनेपछि उद्योगहरूको डेडिकेटेड ट्रंकलाइन बक्यौता विवाद अहिले उत्कर्षमा छ । लोडसेडिङको बेला विद्युत् महसुल नतिरेको भन्दै प्राधिकरणले धमाधम उद्योगहरुको लाइन काटेको विषय उत्कर्षमा छ । लोडसेडिङको बेला उद्योग तथा कलकारखानामा चौबिसै घण्टा पुग्ने गरी डेडिकेटेड फिडर र ट्रंक लाइनको व्यवस्था गरिएको थियो । प्रधानमन्त्री भएलगत्तै केपी शर्मा ओलीले उद्योगहरूको लाइन जोडेर उत्पादन सुचारु गर्न र प्रक्रियाअनुसार बक्यौता उठाउँदै गर्न निर्देशन समेत दिएका थिए । सदनमा विशेषगरी म

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 368 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक\ दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 280 पटक पढिएको
  • टुकुचा खोला माथिको सडक भासियो, आवागमन प्रभावित

    काठमाडौं–काठमाडौं महानगरपालिका कार्यालय रहेको काठमाडौं प्लाजा अगाडिको सडक गएरातिदेखि भासिएको छ । जसकारण उक्त क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको छ । भासिएको सडकले दरबारमार्गलाई जोड्ने भएकाले यसले सवारीसाधन र पैदल यात्रुलाई निकै असहज बनाएको छ । महानगर प्रहरीका अनुसार टुकुचा खोला माथिको सडक खण्ड राति नै भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्डमा ठूलो खाल्डो परेको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 472 पटक पढिएको
  • श्री एयरलाइन्सको विमान उडानअघि फर्कियो, यात्रु अलपत्र

    काठमाडौं–काठमाडौंबाट सुर्खेत उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान आज बिहान धावनमार्गबाट फर्किएको छ। विमान उड्नै लाग्दा भएको यो घटनाले यात्रुहरू अलपत्र परेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिनिता कठायतले यस घटनाको पुष्टि गर्दै विमान धावनमार्गमा पुगेर फर्किएपछि सबै अचम्मित भएको नेकी छिन् । उनका अनुसारविमानका कर्मचारीहरूले प्राविधिक कारण भनेर जवाफ दिए तर वास्तविक कारण अझै स्पष्ट भएको छैन । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने यात्रुहरूबीचको सामान्य विवादका कारण विमान फर्काइएको बताए । उनले दुई(चार जना यात्रुबीच सामान्य विवाद भएपछि पाइलटले सुरक्षाका कारण विमान फर्क

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 486 पटक पढिएको
  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्धारा २० कम्पनी कालोसूचीमा

    काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । यी कम्पनीहरूमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनसमेत समावेश छ । कालोसूचीमा परेका अन्य कम्पनीहरूमा सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि, देव नारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि, बराह निर्माण सेवा र सुवास निर्माण सेवा रहेका छन्।

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 313 पटक पढिएको
  • साउदीमा मृत्यु भएका नेपालीको शव ल्याउन किन महिनौं लाग्छ ?

    काठमाडौं–साउदी अरेबियामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारहरूको शव स्वदेश ल्याउनमा महीनौं समय लाग्ने गरेको छ। वैदेशिक रोजगार बोर्डका अनुसार, नेपाली श्रमिकहरूको शव साउदी अरेबियाबाट ल्याउन सामान्यतया ४ महिनासम्म लाग्ने गरेको छ। बोर्डका प्रवक्ता टीकाराम ढकालले बताउनु भयो कि साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव ल्याउन सबैभन्दा चाँडो २२ दिन लागेको रेकर्ड रहेको छ। तर, सामान्यतया शव ल्याउन डेढ महिना लाग्ने गरेको छ। “साउदी अरेबियामा कानुनी प्रक्रिया धेरै कडा छ, जसका कारण शव ल्याउन बढी समय लाग्ने गरेको हो। यसमा नेपाली राजदूतावासका श्रम सहचारी देवेन्द्र कार्की पनि सह

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 634 पटक पढिएको
  • पुर्वी नेपालमा भुकम्पकाे धक्का

    झापा   ।    पुर्वी नेपालमा भुकम्पकाे धक्का महसुस गरिएकाे छ । बिहान ७:१३मिनेटमा धक्का महसुस गरिएकाे हाे । भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो।उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ।भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन।भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।उता जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४:३४ मिनेटमा भ

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 501 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा