काठमाडौं– ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध लगाएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो ।गोदावरीको ढुङ्गा–गिटी बिक्री/वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई एक अर्ब चार करोड ८७ लाख ४५ हजार रुपैयाँ हानी/नोक्सानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । तर अदालतले मेयर, उपमेयर, प्रशासकीय अधिकृतलगायतले कानूनअनुसार नै राज
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र
काठमाडौं— संघीय संसद् अन्तर्गत दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि बुधबार प्रस्ताव दर्ता हुँदैछ। संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन कार्यक्रम अन्तर्गत प्रस्ताव दर्ता हुन लागेको हो। सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित दिउँसो २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्ने तालिका छ। दर्ता भएका प्रस्तावको क्रमअनुसार अपराह्न साढे ४ बजे सूची प्रकाशित हुनेछ। बिहीबार दिउँसो ३ बजे बस्ने सम्बन्धित
काठमाडौं— गोरखा, चितवन , लमजुङ र मोरङमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै गोरखाको आरुघाटमा ७५ दशमलव ६ मिलिमिटर वर्षाको मापन भएको छ ।यस्तै मोरङको केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २ र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाण्डौ, सिन्धुपाल्चोक, बारा, मकवानपुर , दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सिराहा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।सिन्धुपाल्चोकको मानेखर्क, ढुङ्गे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रे लगायत आसपासका वर्षामापन केन्द्रहरूमा सामान्यदेखि मध्य
सिन्धुली— छोराले बन्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ पञ्चचौरी स्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कट्वालका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेर घटना स्थलमै हत्या गरेका हुन् । उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटिइ बन्चरो प्रहार गर्ने अमृत घिमिरे विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको समेत प्र
कैलाली— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।कांग्रेसका शाह सत्तारुढ दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन २७ जना
नवलपरासी— पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान पौने पाँच बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिए । बाटो एकतर्फी भए पनि सञ्चालनका लाग
काठमाडौं— सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । त्यस्तै बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैतडी— भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो ।मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बाख्रा चराउन गएकी धामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको आफन्त दिपेन्द्रसिंह धामीले बताएका छन् । मृतक धामीका ३ छोरा छन् ।
काठमाडौं— तेस्रो मुलुकका पर्यटकलाई भारततर्फका सबै नाका खुला गरिएको छ । कोरोना महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ ।अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहालका अनुसार कोरोना महामारीका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा नेपाल भारतबिचका सात वटा नाकामध्ये दुई वटा नाकाबाट मात्रै तेस्रो देशका नागरिकले भारत जाने गरेकामा साउन १६ गतेदेखि भारतसँग जोडिएका सात वटै नाकाबाट पर्यटकले भारत प्रवेश पाइरहेको बताए । महामारीका कारण भैरहवा र वीरगन्ज नाकामार्फत भारत प्रवेश गर्दै आएका पर्यटक अहिले भारतसँग जोडिएका सात वटै नाकाबाट सहज रूपमा प्रवेश पाइरह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.