समाचार

    Showing 10,581-10,590 of 19,743 items.
  • बझाङ बुङ्गलको टुमेडामा पहिरोले पुरिएको घरका पाँच तस्बिर

    बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चार जनाको मृत्यु भएको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 527 पटक पढिएको
  • पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु

    काठमाडौं- जाजरकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा आइतबार राति स्थानीय लालबहादुर परियारको घर पहिरोले पुरिएको हो । घरमाथिबाट खसेको पहिरो अस्थायी टहरा पुरिँदा परियारका साथै उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षीय छोराको मृत्यु जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । भूकम्पले घर भत्किएपछि परियारको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 579 पटक पढिएको
  • हवाइ उद्धारले ज्यान जोगिएपछि सुत्केरी खुसी

    संखुवासभा— राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दारबाट धेरै महिलाको ज्यान जोगिएको छ । एक वर्षको अवधिमा संखुवासभा जिल्लाका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ ।आर्थिक बर्ष २०८०–०८१ मा १४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाकी पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले बताइन् ।एक बर्षको अवधिमा ज्यान जोखिममा परेका १४ जना गर्भवती,प्रसुती,सुत्केरी तथा नवजात शिशुहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्दार गरिएको पब्लिक हेल्थ नर्स अधिकृत

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 436 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या

    म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।मृतक बिनाकुमारीको टाउको लगायत श

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 448 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 305 पटक पढिएको
  • सालकको खपेटा सहित ५ जना पक्राउ

    मोरङ   ।   मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडी सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई लिईएको थियो । नियन्त्रणमा लिएका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बे

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 462 पटक पढिएको
  • जनार्दनले पार्टी फुटाउँछन् भन्ने असत्य सावित भइसक्यो: प्रचण्ड (भिडियो)

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताएका छन्। पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो । उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 490 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन\चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भु-भागहरुमा आंशिक देखी साधारणतया बदली रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 394 पटक पढिएको
  • धर्मकाँटामा प्रहरीले लगायो ताला

    नवलपुर—  पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्म काँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्म काँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्म काँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरितन्त्र र गुण्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । चितवनको आँपटारीमा सरकारी धर्मकाँटा भएकाले यहाँ खुलेआम लुट मच्चाउन धर्मकाँटा नचाहिने

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 158 पटक पढिएको
  • गाइजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा

    हेटौडा— बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले यही भदौ ४ गते मङ्गलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको यो निर्णयसँगै गाईजात्रा पर्वमा बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा पर्वका दिन भदौ ४ गते सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए । यसअघि २०७८ सालमा पनि बागमती प्रदेश सरकारल

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 298 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा