काठमाडौं–सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको ४.२ रेक्टर स्केलको भूकम्पका कारण स्थानीयवासी त्रसित भएका छन् ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:११ बजे भूकम्प जाँदा स्थानीयवासीहरू आत्तिएर घर बाहिर निस्किएका हुन् । यद्यपि‚ क्षति भएकोबारे खबर प्राप्त भएको छैन ।यसअघि‚ भाद्र १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय देशका विभिन्न भागमा भूकम्पका धक्का महसुस भइरहेका छन् ।विज्ञहरूका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले सतर्क रहनुपर्ने बताउँछन् ।
काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशीक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती
काठमाडौं–संसदीय सुनुवाइ समितिले इजरायल‚ मलेसिया‚ पाकिस्तान‚ र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सम्पन्न गरेको छ । समितिले प्रा. धनप्रसाद पण्डित (इजरायल)‚ डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया)‚ रिता धिताल (पाकिस्तान)‚ र प्रकाशमणि पौडेल (पोर्चुगल) को सुनुवाइ गरेको हो । प्रस्तावित राजदूतहरूले नेपाल र सम्बन्धित मुलुकबीचको द्विपक्षीय सम्बन्ध‚ व्यापार‚ र पर्यटनको प्रवर्द्धनका सम्भावनाबारे समिति समक्ष आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । यसअघि समितिले भारत‚ चीन‚ जर्मनी‚ र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिसकेको छ । अब कतारका लागि रमेशचन्द्र पौडेल‚ रुसी महासङ्घका लागि जङ्गबह
काठमाडौं–बाँकेको नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा अज्ञात रोगका कारण एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ । नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहका अनुसार‚ ७५ वर्षीय शान्ति पासी‚ २६ वर्षीया उषा पासी‚ र एक वर्षीया बालिकाको भदौ १४‚ १५‚ र १६ गते मृत्यु भएको हो ।उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्ने तथा ज्वरो आएको थियो‚ जसको उपचार भारतको नजिकैको क्लिनिकमा भर्ना गरिएको थियो । उषाको मृत्यु भएको भोलिपल्ट नै शान्ति पासीको पनि उस्तै लक्षणका कारण मृत्यु भयो । १६ गते सोही गाउँका १२ वर्षीय सुफियान अलि सेखको पनि उस्तै लक्षणले ज्यान गएको हो । घटनाबारे जानकारी पाउनेबित्त
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१३ निसाने स्थितबाट लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ १७ गते बिहान ९ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट चेकिङ्ममा खटिएको प्रहरी टोलीले बा. ११ च ५९४३ नम्बरको कारलाई चेकजाँच गर्दा कार भित्र ४ वटा बोरामा प्याकिङ गरि लुकाई छिपाई राखेको ९८ किलोग्राम गाँजा बरामद गरेको हो।गाँजा बरामद भएसगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
काठमाडौं–सर्लाहीमा नक्कली नोट बनाउने आठ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय‚ सर्लाहीका अनुसार जिल्लाको गोडैटा नगरपालिका–१२ मधुवनी गाउँमा भाडामा लिएको एक घरमा उनीहरू नक्कली नोट बनाउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा काठमाडौंका सौगात थापा मगर‚ विजय लामा‚ सर्लाहीका जनार्दन सिंह‚ भारतका राजीव ठाकुर‚ रौतहटका सुबोध कुमार र विशाल राईलगायत अन्य दुई जना रहेका छन् । प्रहरीले उनीहरूबाट नक्कली नोट बनाउन प्रयोग हुने कागज र रसायन पनि बरामद गरेको छ । पक्राउ परेका सबैमाथि सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिई गरी थप अनुसन्धान भइरहेको छ ।
काठमाडौं–पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालक ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भई सडक किनारको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । गम्भीर घाइते भएका मगरलाई रामपुर अस्पताल पुर्याइएको थियो‚ जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । यो जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले दिएका छन् ।
काठमाडौं–सहकारी संस्थामा भएको रकम दुरुपयोगको विषयमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीहरूसँग छलफल सुरु गरेको छ । समितिले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग पनि छलफल गरिसकेको छ । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेको छ । तर‚ अहिलेसम्म धेरै स्थानीय तहबाट विवरण प्राप्त भएको छैन । समितिका सभापति सूर्यबहादुर थापाले पाँच दिनभित्र सबै पालिकाबाट विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई आग्रह गरेका छन् । समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरूसँग पनि छलफल गरिसकेको
काठमाण्डौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।यसै अवसरमा छोराछोरी परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।
काठमाण्डौ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरू चार दिनपछि सार्वजनिक गरेका हुन् । बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।हेर्नुहोस् निर्णयहरू :
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.