काठमाडौं— चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए। 

उनले भने, “बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पु¥याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउनलाई प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र भवनमै हुन्छ, त्यसैले हामीले सङ्ख्या बढाउन प्रोत्साहन गरिरहेका छौँ ।” अध्यक्ष डिसीले हाल देशभर १६८ चलचित्र भवन सञ्चालनमा रहेका जानकारी दिए। 

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो ‘अडिटोरियम’ आजदेखि सञ्चालनमा आएको बताए। उनले भने, “चलचित्र भवनको सङ्ख्या थपिएसँगै यसले मनोरञ्जनसँगै रोजगारी पनि सिर्जना गरेको छ । यसले स्थानीय पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नाका साथै चलचित्रको व्यापारमा पनि टेवा पु¥याउने छ । नेपालभरका चलचित्र भवन सञ्चालकको हितमा बोर्डले गर्ने गतिविधि बढाएर प्रोत्साहन गर्नु पर्दछ ।”

आजदेखि सञ्चालनमा आएको नयाँ ‘अडिटोरियम’ मा ‘बार्को प्रोजेक्टर’, ‘पल्सको ७.१ साउन्ड सिस्टम’, सुविधासम्पन्न सिट र ‘थ्रिडी’ प्रविधि जडान गरिएको अध्यक्ष महर्जनले जानकारी दिए।