समाचार

    Showing 10,061-10,070 of 25,706 items.
  • आज विश्वकर्मा पूजा

    काठमाण्डौ । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइदै छ। प्रत्येक वर्ष झैँ आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी भोलि नदीमा लगी मूर्ति सेलाइन्छ ।आजका दिन उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरे

    • प्रकाशित मितिः असोज १, २०८२
    • 459 पटक पढिएको
  • जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्मानमा आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने

    काठमाण्डौ  ।  भ्रष्टाचारविरुद्धको ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तिमा ७२ जना युवाको  निधन भएका युवाहरूको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । उनीहरूको त्याग र बलिदानको कदर गर्दै भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित न

    • प्रकाशित मितिः असोज १, २०८२
    • 330 पटक पढिएको
  • दशैँ टीकाको उत्तम साइत भदौ १६ गते बिहान ११:५३ मिनेटमा

    काठमाण्डौ  ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । २०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ ।

    • प्रकाशित मितिः असोज १, २०८२
    • 364 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउसो देशभर साधरणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मधेस प्रदेशलगायत कोशी, बाग

    • प्रकाशित मितिः असोज १, २०८२
    • 332 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४८ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९४ रुपैयाँ १५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १७ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असोज १, २०८२
    • 264 पटक पढिएको
  • भाटभटेनी समूहको क्षति विवरण सार्वजनिकः २१ स्टोरमा क्षति, १२ पूर्णरूपमा नष्ट

    काठमाडौं— नेपालमै सबै भन्दा ठुलो र धेरै स्थानमा विस्तार भएको भाटभटेनी सुपर मार्केटको २१ शाखामा क्षति पुगेको छ ।जेन्जी आन्दोदनको क्रममा एक दर्जन शाखा जलेर खरानी भएका छन् भने ९ वटा शाखामा लुटपाट र तोडफोड भएको हो ।जसका कारण देशलाई कर बुझाउने मुख्य व्यवशायिक संस्था मात्र जलेको छैन, अर्बौंको क्षति भएको छ । हजारौंको रोजगारी गुमेको छ । ति परिवारका रोजीरोटी खोसिएको छ, घरको चुल्हो निभेको छ ।भदौ २३ गते सोमबार जेन्जी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाए । त्यस पछि आन्दोलन उग्र बन्यो ।उग्र बनेको आन्दोलनको अनियन्त्रित भिडले व्यवसायीलाई लक्षित गर्दै तोडफोड र आगजनी गरे

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 720 पटक पढिएको
  • सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ताः १३ बुँदे मस्यौदा तयार

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ । १३ बुँदामा तयार मस्यौदामा पाँचजना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । सम्झौतामा दशकौँदेखिको कुशासन, भ्रष्टाचार, जवाफदेहिताको अभाव, सार्वजनिक संस्थाहरूमा भएको दलीयकरण र दण्डहीनताविरुद्ध आम नेपाली जनताको असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्नुपर्ने भनी मस्यौदामा उल्लेख गरिएको छ ।त्यस्तै राजनीतिक नियुक्ति अन्त्य गरी सार्वजनिक संस्थाहरूमा स्वतन्त्र, निष्पक्ष र सक्षम व्यक्तिहरूको नियुक्ति गर्नुपर्ने उल्लेख छ ।‘स्पिक अप नेपाल’ नामक

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 622 पटक पढिएको
  • जेनजी आन्दोलनपछि माओवादी भित्र नेतृत्व संकट, जनार्दनले मागे प्रचण्डको राजीनामा

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनले परम्परागत नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको भन्दै शर्माले नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।उनका अनुसार आन्दोलनले थिग्रिएको राजनीतिक प्रणाली, नेतातन्त्र र दलाली संस्कृतिको विरोध गर्दै नयाँ नेतृत्वको खोजी गरेको छ। शर्माले यस विषयमा पार्टी पंक्तिमा छलफल थालेका छन्।जुलुसका क्रममा भदौ २३ गते हिंसा भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति र अन्य शीर्ष नेताहरूलाई सुरक्षाका लागि सेनाको सहायतामा सुरक्षित स्था

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 766 पटक पढिएको
  • मन्त्री घिसिङ भन्छन जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ

    काठमाडौं— उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् । मंगलबार पशुपतिमा शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शहिदहरुको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास रहेको भन्दै त्यसलाई साकार पार्न अग्रसर रहेको बताए । उनले भने, ‘हाम्रा जेनजी युवा पुस्ताका भाईहरुले सुरु गरेको आन्दोलनले एउटा ठूलो परिवर्तन ल्याएको छ । उहाँहरुले देशको लागि धेरै ठूलो योगदान दिनु भएको छ । उहाँको बलिदानले देशलाई निकास दिन्छ भन्ने सबैको विश्वास छ । त्यसलाई हामीले स

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 702 पटक पढिएको
  • जेनजी आन्दोलनमा क्षतिग्रस्त सञ्चारगृहहरूको पत्रकार महासङ्घद्वारा अनुगमन

    काठमाडौं—  जेनजी आन्दोलनका क्रममा विभिन्न सञ्चारगृहहरूमा भएको क्षतिको नेपाल पत्रकार महासङ्घले स्थलगत अनुगमन गरेको छ।महासङ्घका अध्यक्ष निर्मला शर्मासहितको टोलीले सोमबार राजधानीका प्रमुख सञ्चारगृहहरूको निरीक्षण गरेको हो। आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोस्ट, थाहा सञ्जाल, कान्तिपुर एफएम लगायतका सञ्चार संस्थाहरूमा तोडफोड र आगजनी भएको थियो। केही सञ्चारगृहहरू अझै पनि प्रतीकात्मक संरचना मार्फत सेवा सञ्चालन गरिरहेका छन्।अनुगमनपछि पत्रकार महासङ्घले विज्ञप्ति जारी गर्दै भौतिक संरचनामा ठूलो क्षति पुगे पनि पत्रकारहरूले आफ्नो पेशागत दायित्व निर्वाह गर्दै लोकतन्त्रक

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 649 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.