काठमाडौं— नेपालमै सबै भन्दा ठुलो र धेरै स्थानमा विस्तार भएको भाटभटेनी सुपर मार्केटको २१ शाखामा क्षति पुगेको छ ।
जेन्जी आन्दोदनको क्रममा एक दर्जन शाखा जलेर खरानी भएका छन् भने ९ वटा शाखामा लुटपाट र तोडफोड भएको हो ।
जसका कारण देशलाई कर बुझाउने मुख्य व्यवशायिक संस्था मात्र जलेको छैन, अर्बौंको क्षति भएको छ । हजारौंको रोजगारी गुमेको छ । ति परिवारका रोजीरोटी खोसिएको छ, घरको चुल्हो निभेको छ ।
भदौ २३ गते सोमबार जेन्जी युवाहरूले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना युवाले ज्यान गुमाए । त्यस पछि आन्दोलन उग्र बन्यो ।
उग्र बनेको आन्दोलनको अनियन्त्रित भिडले व्यवसायीलाई लक्षित गर्दै तोडफोड र आगजनी गरे । त्यसको निसानामा मिनबहादुर गुरुङको भाटभटेनी पर्यो ।
जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा ति शाखाहरु जलेर नष्ट भए । देशैभरीका २८ वटा शाखा मध्ये भाट भटेनीको ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
उपत्यका बाहिर रहेको विर्तामोड, दमक, विराटनगर, धरानको स्टोरहरु आगलागीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ । त्यसैगरि हेटौंडा, पोखरा र भरतपुरको स्टोर पनि पूर्णरुपमा क्षति भएको छ ।
काठमाडौं उपत्यकाको बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि जलेर नष्ट भए । ति सबै स्टोरमा सामान मात्र नभई भवन पनि पूर्णरुपमा जलेको छ ।
त्यस्तै टोखा, सातदोबाटो, अनामनगर, सानोगाँउ, वल्ड ट्रेडसेन्टर, पाटन, नेपालगञ्ज लगायतका शाखामा भने कुनै क्षति पुगेको छैन ।
क्षति नपुगेको र तोडफोड भएको शाखाहरु भने सञ्चालनमा आईसकेको छ ।