काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले हालै आफूले गरेको भुटान-भ्रमण निजी भएको प्रतिक्रिया दिएका छन्।निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका हुन्।पूर्वराजा शाहले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको भएको दाबी गरे । यसका लागि उनले त्यहाँको राजपरिवारलाई र जनतालाई हृदयदेखि कृतज्ञता व्यक्त गरे।
काठमाडौं— बडादशैंको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्।यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र अस
काठमाडौं— आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्ले
काठमाण्डौ । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थान
काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिबार अपरान्ह ४:०० बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।उनले शनिवार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।तस्बिरमा हेरौँ निर्मल निवासमा पूर्वराजा शाहबाट टीका लगाउनेहरुको भीडः
काठमाण्डौ । यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेस प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णली, लुम्बिनी, गण्डकी र काठमाडौँ उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो । आज भने मधेस र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला ग
हेटौडा । मकवानपुरमा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की र हेटौडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २६ गते दिउँसो १:०० बजेको समयमा हेटौडा- १६ चिसापानीबाट २०० मि. पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ती बालिकाहरूलाई करेन्ट लागेको थियो ।सो स्थानमा रहेको विद्युत्को ११ के.भी. पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प
एकेन्शी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको दुकी जिल्लामा शुक्रवार कोइला खानीमा भएको आक्रमणमा २० मजदुरको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अज्ञात हमलाकारीहरूले कम्तिमा १० कोइला खानीलाई ह्यान्ड ग्रेनेडले निशाना बनाएर भित्र काम गर्ने मजदुरको हत्या र घाइते बनाएका छन । जिल्लाका राजनीतिक प्रमुख हाजी खैरुल्लाह नसिरले आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि खानी र निकासी मेसिनरीमा आगो लगाएको बताए ।केही खानी मजदुरलाई समूह बनाएर आक्रमणकारीले गोली हानेर मारेको सञ्चार माध्यमलाई बताइएको छ । शव र घाइते कामदारहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।
कैलाली । मुलुकभर दसैंको उल्लास चलिरहदा चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले महानवमीको राति बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। चुनाराले राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारगरि ४७ वर्षीया हीरादेवी चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोलीले चुनारालाई नियन्त्रणमा लिइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
काठमाण्डौ । डडेल्धुरामा जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरा भित्र फेला परेको हो।शुक्रवार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रहरीले बताएको छ। बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशँका प्रहरिले गरेको छ।मृतक बालिकाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ। प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई सार्वजनिक गरिएको छैन। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.