राजनीति

    Showing 861-870 of 7,493 items.
  • सांसदको स्वकीय सचिव सुविधा खोस्ने सरकारी निर्णय लागू

    काठमाडौं—  संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवको सुविधा खोस्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो ।यस अनुसार तत्काल करिब ६० जनाको पद गुम्ने देखिएको छ । यसमध्ये ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिव छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव र एकजना अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । त्यसलाई यथावत् राखिएको छ  ।त्यस्तै, विपक्षी दलको नेता, उपसभामुख र प्रतिनिधिसभाको विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 410 पटक पढिएको
  • राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् ।मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए ।‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतल

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 497 पटक पढिएको
  • ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

    काठमाडौं—  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए । उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ । यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्छ । अझै धेरै गर्नुछ । अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ । अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 392 पटक पढिएको
  • माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्ने गरि बैठक तय भएको हो । नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो ।तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राखिएको हो ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 392 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन् । आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 432 पटक पढिएको
  • हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज दुवै पक्षलाई छलफलमा बोलाएको हो ।कार्यकाल पूरा हुनुअघि नै आफूलाई पदबाट हटाइएको भन्दै उनले नेपाल सरकारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका हुन् । उनले रिटमार्फत अन्तरिम आदेश समेत माग गरेका छन् । शाक्यलाई २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 369 पटक पढिएको
  • नेपालको इतिहासमा एमालेले मंसिर २७ गते सबैभन्दा ठूलो जनसभा गर्ने पोखरेलको घोषणा

    काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो दलले मंसिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । त्यो सभाले नेपाली जनता कसको साथमा छन् भनेर देखाउने उनको घोषणा छ । आज (सोमबार) पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले यस्तो बताएका हुन् ।उनले भने,‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जन¥याली, २९ मा जिल्लाहरूमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ, र मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौँ । हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन् ।’

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 273 पटक पढिएको
  • मन्त्रीहरु र सचिवहरुसँग संयुक्त छलफलमा प्रधानमन्त्री कार्की, कार्यप्रगतिको विवरण लिने

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी हुन् । बैठक सिंहदरबारमा जारी छ ।सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 248 पटक पढिएको
  • माओवादीले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले महाधिवेशन आयोज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरि बोलाईएको हो । हिजोमात्रै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ दल र समूहसँग एकताको घोषणा भएको छ ।सो एकतालाई अनुमोदन गर्नको लागि माओवादीले महाधिवेशन आयोजक समितिको बैठक बोलाईएको हो । यही कार्तिक १९ गते काठमाडौंको एक पार्टी प्यालेसमा बृहत एकता घोषणा हुने भएको छ । आजमात्रै पनि माओवादीका संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सो भेटमा एकीकृत पार्टीको नाम तय गर्नेबारे छलफल भएको भनिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 242 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे ।त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेनजी आन्दोलनका क्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 403 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा