राजनीति

    Showing 8,451-8,460 of 10,378 items.
  • गौतमबुद्ध विमानस्थलबाट एअरलाइन्सको विमान मार्फत परीक्षण हुन्छ : मन्त्री आले

    भैरहवा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन् ।शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट परीक्षण उडान सुरु गर्ने बताएका हुन् । परीक्षण उडानपछि विमानस्थल उद्घाटनको तयारी समेत गर्ने उनको भनाइ छ । बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बिहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनले बताएका छन् ।टर्मिनल भवन टी–२ को लागि अर्थमन्त्रीसँग कुरा भएको जानकारी दिदै उनले टी–२

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 113 पटक पढिएको
  • प्रदेश १को नाममा सहमति जुटाउन फागुन १० गते सर्वदलीय बैठक

    बिर्तामोड /  प्रदेश १ सरकारले प्रदेशको नाममा सहमति जुटाउन यहि फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तीनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई बोलाईने छ ।गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री (हाल स्वास्थ्यमन्त्री) जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 99 पटक पढिएको
  • राष्ट्रपति,प्रधानमन्त्री लगायतका शीर्ष नेताद्धारा प्रजातन्त्र दिवसको शुभकामना सन्देश

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश ब्यक्त गरेका छन् । सो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकि छन् । उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्या

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 113 पटक पढिएको
  • आज कमल थापाले राप्रपा नेपाल घोषणा गर्दै

    काठमाडौं / नेता कमल थापाले आज शनिबाार राप्रपा नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गर्ने भएका छन् ।७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । उनले पार्टी घोषणा गर्नुअघि आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन समेत आह्वान गगरेका छन् ।काठमाडौंको राष्ट्रिय सभा गृहमा शनिबार साढे ११ बजे राप्रपा पार्टी नेपालको औपचारिक रुपमा घोषणा गर्ने तयारी भएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 89 पटक पढिएको
  • आज छैटौं निर्वाचन दिवस मनाइँदै

    काठमाडौं / ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ आज छैटौं निर्वाचन दिवस मनाइँदैछ । वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ । यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आ

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 97 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले पनि वर्तमान राजनैतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण बैठक सार्नुपरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।यसअघि पनि विभिन्न कारण देखाएर पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित हुँदै आएको छ ।

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 105 पटक पढिएको
  • एमालेको नारावाजीपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक ८ गते बस्ने

    काठमाडौं / प्रतिनिधिसभाको बैठक फागुन ८ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार संसद बैठक सुरु भए लगत्तै केहीबेरपछि स्थगित भएको हो ।बैठकको प्रारम्भमा अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेका थिए । तर लगत्तै एमालेले संसदमा नारावाजी गर्न थालेका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।मन्त्री बडुले प्रतिवेदन पेस गरे लगत्तै संसद बैठक स्थगित भएको जानकारी दिँदै फागुन ८ गते दिउसो १ बजे बस्ने बस्ने जानकारी गराएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एम

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 137 पटक पढिएको
  • ज्ञानेन्द्र शाहीले गरे राप्रपा प्रवेश

    काठमाडौं / हाम्रो नेपाल हाम्रो नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी  मा प्रवेश गरेका छन् ।आज  शाहीसहित उक्त अभियानमा सहभागीहरू राप्रपामा सहभागि भएका हुन् ।पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने गरेका छन् ।गत फागुन ३ गतेको पदाधिकारी बैठकमा महामन्त्री धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गराउने प्रस्ताव गरेका थिए ।शाहीलाई केही समयअघि देखि नै राजसंस्था सँग निकट रहेको आरोप लागे पनि उनले उक्त आरोपलाई खण्डन गर्दै आइरहेका थिए । तर केही दिन अघि एमसीसी विरुद्धको अभियानमा राप्रपा र शाहीको अभियान एक

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 112 पटक पढिएको
  • गठबन्धनको बैठक फेरि आइतबार बस्ने

    काठमाडौँ / सत्तारूढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । गठबन्धनमा आवद्ध दलमा एमसिसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन ।गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसिसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवाद

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 108 पटक पढिएको
  • आज संसद बैठक बस्दै

    काठमाडौं / संघीय संसद प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे आज बस्दै छ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व.२०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । यसअघि बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी आज संसदमा टेबल नगर्ने निर्णय गरेको थियो ।सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.