काठमाडौं / राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका शीर्ष नेताले शुभकामना सन्देश ब्यक्त गरेका छन् । 

सो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकि छन् । 

OM Sai Pathibhara Hospital

उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने सन्देशमा उल्लृख गरेकी छन् ।

त्यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलताका आधारमा मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।

२००७ सालको क्रान्त्रिको जगमा उभिएर आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको भन्दै प्रधानमन्त्री देउवाले नागरिक हकअधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताएका छन् । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

त्यस्तै,सोही अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अझ सवल रुपमा लागिपर्ने बताएका छन्।

उनले ‘नेकपा एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो’, प्रजातन्त्र दिवसको शुभकामना दिँदै ओलीले शनिबार भनेका छन्, ‘संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा आफूलाई सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउने शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

त्यस्तै,पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् ।

जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको सो सन्देशमा भनिएको छ ।