काठमाडौं / हाम्रो नेपाल हाम्रो नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी  मा प्रवेश गरेका छन् ।

आज  शाहीसहित उक्त अभियानमा सहभागीहरू राप्रपामा सहभागि भएका हुन् ।

OM Sai Pathibhara Hospital

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गर्ने गरेका छन् ।
गत फागुन ३ गतेको पदाधिकारी बैठकमा महामन्त्री धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गराउने प्रस्ताव गरेका थिए ।

शाहीलाई केही समयअघि देखि नै राजसंस्था सँग निकट रहेको आरोप लागे पनि उनले उक्त आरोपलाई खण्डन गर्दै आइरहेका थिए । तर केही दिन अघि एमसीसी विरुद्धको अभियानमा राप्रपा र शाहीको अभियान एक हुने बताइएको थियो । राप्रपाले शाहीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने बताइएको छ ।