काठमाडौं / हाम्रो नेपाल हाम्रो नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी मा प्रवेश गरेका छन् ।
शाहीलाई केही समयअघि देखि नै राजसंस्था सँग निकट रहेको आरोप लागे पनि उनले उक्त आरोपलाई खण्डन गर्दै आइरहेका थिए । तर केही दिन अघि एमसीसी विरुद्धको अभियानमा राप्रपा र शाहीको अभियान एक हुने बताइएको थियो । राप्रपाले शाहीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने बताइएको छ ।






































