राजनीति

    Showing 8,431-8,440 of 9,657 items.
  • दुई गाँस भात खानेलाई चाहिँदैन करोडौँको भाँडाकुँडा : ओली

    बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको खण्डन गरेका छन् । ओलीले शनिबार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै यो विरोधीहरूले लगाएको आरोप मात्र भएको बताएका छन् । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटालीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’तर, सो विषयको खण्डन गर्दै भनेका छन्, – ‘मेरो श्रीमतीले पकाएको खान खाएर बस्छु

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 111 पटक पढिएको
  • प्रहरीको झडपमा परी सीके रउतका कार्यकर्ता घाइते

    काठमाडौँ / रौतहटमा सीके राउतको जनमत पार्टीका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । सदरमुकाम गौरमा कार्यकर्ताले निकालेको मसाल जुलुस प्रदर्शन गर्न खोज्दा उनीहरुबीच झडप भएको हो ।घाइते हुनेहरूम अर्जुन कुशवाहा, इन्ताजुल मिया, अरुण यादव, छोटु रजक, रामप्रकाश ठाकुर लगायतका कार्यकर्ता छन् । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा मसाल जुलुस राखिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 128 पटक पढिएको
  • स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै

    काठमाडौं / निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्नेभएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्को कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिएका छन् । उनले भने, “आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानुनी व्यवस्थालाई टेकेर आउँ

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 90 पटक पढिएको
  • मन्त्रालय भागबन्डा नमिल्दा प्रदेश २ सरकार अन्योलमा

     जनकपुरधाम  / दशैं सम्पन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन् । तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन।मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)लाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्‍याएका छन् । आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा (एस) इच्छुक देखिएको छैन।जसपाको भागमा रहेको महत्वपूर्ण मन्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 118 पटक पढिएको
  • स्वतन्त्र न्यायालयको पक्षमा सरकार : सञ्चारमन्त्री कार्की

    काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जनताको विश्वासको धरोहर सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध  रहेको बताएका हुन् ।वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताए । उनले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पारे ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 118 पटक पढिएको
  • काँचो धागोले बाँधेको गठबन्धन होइन : अध्यक्ष नेपाल

    विराटनगर  / नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् ।विराटनगर विमानस्थलमा आज(शनिबार) बिहान सञ्चारकर्मीसँग संक्षिप्‍त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाएका छन् ।प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 93 पटक पढिएको
  • प्रधानमन्त्री देउवा लण्डनमा

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन पुगेका छन् । देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुन लण्डन पुगेका हुन् । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए । नोभेम्बर १ र २ मा हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा नेपाल आउने छन् । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 104 पटक पढिएको
  • राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमणमा

     मुस्ताङ / हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेकी छिन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुगेकी हुन् ।  बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रपति सवार हेलिकोप्टर ल्यान्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकारी दिएका छन् ।हिन्दु तथा बौद्धमार्गीहरूको पवित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दिरमा पूजा गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 134 पटक पढिएको
  • तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने : मन्त्री पौडेल

    काठमाडौं  / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले वर्तमान सरकारको पहिलो उद्देश्य नै मुलुकको विकास र समृद्धि रहेको बताएका छन् । उनले अधिकार प्राप्तिका क्षेत्रमा अहिले पनि केही काम गर्न बाँकी भए पनि तत्कालको अवश्यक्ता भने मुलुकको विकास र समृद्धि भएको बताए ।वीरगञ्जबाट प्रसारित हुने सामुदायिक रेडियो नारायणी एफएमको १६औँ वार्षीकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपालको समग्र विकासका लागि तराई मधेशको विकास अपरिहार्य भएको बताए । उनले समृद्धिको प्रचुर सम्भावना रहेको देशकै सबैभन्दा बढी उर्वर भूमि र छिमेकी राष्ट्रसम्मको पहुँच भएको मधेशका भू–भागमा जबसम्म विकास र समृद्धका नयाँ मार्गचित्

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 94 पटक पढिएको
  • पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल

    काठमाडौं  / रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिए ।सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने उनले बताए । काँग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो । उनले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभ

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 93 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.