काठमाडौं / नेपाल बार एसोसिएसनको चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले निर्वाचन देशैभर एकसाथ हुने जनाएको छ ।

निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिनेछ भने नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको निर्वाचन समितिले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछन् ।

050341433Nepal Bar