बिर्तामोड / एमसीसी सम्झौताको विरुद्धमा आज माओवादी केन्द्र भद्रपुर नगरपालिकाले मोटरसाइकल र्याली सहितको विरोध प्रदर्शन गरेको छ ।
भद्रपुर नगरपालिका भरि प्रदर्शन गरे पछि पछि सम्पन्न कोण सभामा बोल्दै प्रमुख अतिथि झापा जिल्ला ३ नं क्षेत्रका इन्चार्ज डिल्ली घिमिरेले अमेरिकी सहयोग एमसीसी सम्झौता देशको हितका नरहेको भन्दै खारेज गर्न माग गरेका छन् ।






































