राजनीति

    Showing 8,331-8,340 of 9,656 items.
  • जनमत पार्टीका १७ कार्यकर्ता धरौटीमा रिहा

    जनकपुरधाम / खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई घुस लिएको आरोपमा अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरू रिहा भएका छन् ।पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए ।गत कार्तिक ४ गते दिउँसो लाठी र बाँसको डाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदल हिँडाइ उपमहानगरपालिकासम्म लगेका थिए । कुशवाहाको कपडा च्यात्नुका साथै उनीहरूले शरीरमा हिलो छ्याप

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 82 पटक पढिएको
  • विरोधकाबीच प्रधानन्यायाधीशले तोके १० इजलास

    काठमाडौँ / प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतकै परिसर भित्र पुगेर कानून व्यवसायीहरू धर्ना बसेका हुन् ।कानुन व्यवसायीहरूको धर्ना भइरहँदा प्रधानन्यायाधीश जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै जबराकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् । कार्यपालिकासँग मिलेर राजनीति भागबन्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा मागिएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 82 पटक पढिएको
  • प्रदेश २ : उद्योगमन्त्री रामनरेश राय यादव बर्खास्त

    जनकपुर / प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त भएका छन् ।नेकपा एकीकृत समाजवादीलाई दिने भनेर यसअघि नै यादवलाई राजीनामा दिन भनिए पनि नदिएपछि मंगलबार मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा यादव बर्खास्त भएका हुन् ।मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका छन् ।मन्त्रालयको भागबन्डा मिलाउने उद्देश्यले मुख्यमन्त्री राउतले मन्त्री रायको राजीनामा माग गरेका थिए ।स्रोतका अनुसार पदमुक्त भएका यादवको ठाउँमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो नियुक्त हुँदैछन् ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 88 पटक पढिएको
  • चोलेन्द्र जोगाउने पक्षमा संवैधानिक निकायका पदाधिकारी

    बिर्तामोड / भ्रष्टाचार र अनुचित लाभ लिएर काम गर्ने गरेको आरोप खेपिरहेका प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन संवैधानिक अङ्गका पदाधिकारी पनि वक्तव्यवाजीमा उत्रिएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा कानुन नै परिवर्तन गरेर संवैधानिक आयोगमा नियुक्त भएकाले न्यायालयको विषयमा वक्तव्य जारी गरेर जबरा बचाउको कोसिस थालेका छन् ।तत्कालीन प्रधानमन्त्री ओली र चोलेन्द्र बिचको भागबन्डाका आधारमा नियुक्त भएको आरोप खेपेकाहरुबाट नै भएको वक्तव्यवाजीलाई अर्थपूर्ण रुपमा लिइएको छ । जारी विज्ञप्तिमा नागरिकको समयमा नै न्याय पाउने अधिकारको सुनिश्चितता गर्न आग्रह गरिएको छ ।न्याय पाउने अधि

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 99 पटक पढिएको
  • वार्ता र संवादबाटै गतिरोध अन्त्य गर्न संवैधानिक आयोगको आग्रह

    काठमाडौं / विभिन्न नौ संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन्।राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय महिला आयोगले संयुक्त रुपमा आज प्रेस विज्ञप्ति जारी गरी नियमित रूपमा मुद्दाको सुनुवाइ हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेका हुन्।विज्ञप्तिमा भनिएको छ,हरेक समस्याको निकास संविधान र कानुनबमोजिम नै सम्भव छ भन्ने कुरालाई हृदयङ्गम गर्न एव

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 95 पटक पढिएको
  • बैठकमा एमाले अनुपस्थित : मुख्यमन्त्री राईले लिन पाएनन् विश्वासको मत

    विराटनगर / प्रदेश १ मा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन् । प्रदेश १ को प्रदेशसभामा एमालेका सांसद नआएपछि उनले विश्वासको मत लिन नपाएका हुन्।नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दलाई कारण देखाउँदै एमाले सांसद अनुपस्थित भएपछि प्रदेश सभाको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको छ।  

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 95 पटक पढिएको
  • पद जोगाउन चोलेन्द्र यसरी बाड्दै छन् पैसा

    न्यायालयको आडमा अनुचित लाभ लिएको र भ्रष्टाचारमा संलग्न रहेको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरोधमा जारी आन्दोलन दबाउन लाखौं रुपैयाँ खर्च गरेको सार्वजनिक भएको छ । उनको पद जोगाउनका लागि नागरिक समूहका नाममा भइरहेको आन्दोलनमा सहभागि बनेकालाई पैसा दिएर ल्याइएको सार्वजनिक भएको हो ।स्वतन्त्र न्यायपालिका बचाउन भन्दै काठमाण्डौका सडकमा भईरहेका आन्दोलनमा सहभागीलाई नगदै रुपैयाँ दिइरहेको भिडियो सामाजिक संजालबाट सार्वजनिक भएको छ ।  विगतमा राजनीतिक दलसँग मिलेर न्यायालयको गरिमा नै धुलिसाप हुने गरी फैसला गर्दै आएका चोलेन्द्रको पक्षमा ठूला राजनीतिक दल उभिएपछि उनले कानुन व्यवसायीको ज

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 77 पटक पढिएको
  • बन्दको प्रभाव : अब विद्युतीय सामाग्रीको उपयोग किन नगर्ने ?

    मुलुकमा उत्पादित विद्युत स्वदेशमा खपत र भारतमा निर्यात हुन नसकेर मुलुकलाई दैनिक करोडौं रुपैयाँ नोक्सान भइरहेको वेला भएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिका विषयमा यतिबेला देशभर आन्दोलन भइरहेको छ । पेट्रोलियम पदार्थ तेल र ग्यासको विकल्पका रुपमा विध्युतिय सामाग्री र साधनको प्रयोग बढाउन ऊर्जामन्त्री पम्फा भूषालले नागरिकलाई अपिल गरिरहेका बेला राजनीतिक दल भने भारतसँगको व्यापार घाटा कम गराउन पाएको यो मौका उपयोग गर्न छाडेर आन्दोलनमा होमिएका छन् । सत्तारुढ दल सहितका राजनितीक दल सम्वद्ध युवा विद्यार्थी र वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यति

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 85 पटक पढिएको
  • प्रधानन्यायाधीश राणाले आजलाई तोके ९ इजलास

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार)लाई ९ इजलास तोकेका छन् । राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् भने, आफ्नो लागि कुनै इजलास तोकेका छैनन् ।आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाको पेशी तोकिएको छ । यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ।सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्।सर्वोच्चका अनुसार प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। आज बन्दी प्रत्यक्षीकरण सहित सबै खाले मुद्दाको पे

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 88 पटक पढिएको
  • प्रधानन्यायाधीशविरुद्ध आज पनि सर्वोच्चमा धर्ना

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै आज (मंगलबार) पनि नेपाल बार एसोसिएसनले प्रदर्शन जारी राखेको छ । जबराको राजिनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेका कानुन व्यावसायीहरू सर्वोच्चको मुख्य भवनमुनि बसेर प्रदर्शन गरिरहेका छन् । सर्वोच्चका न्यायाधीशहरू नै विभाजित भइरहेका बेला कानुन व्यावसायीहरूले भने आन्दोलन कुनै हालतमा राजीनामा नहुँदासम्म नछोड्ने बताएका छन् । सर्वोच्चमा चोलेन्द्रशमशेर राजीनामा देउ, भ्रष्टाचारका नाइके राजीनामा देउ, विचौलियाका नाइके राजीनामा देउ भन्ने नारा लागिरहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 91 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.