बिर्तामोड  / नेकपा (एमाले) का  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा  ओलीले प्रदेश १ को नाम ‘कोशी’ राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

शनिवार बिर्तामोडमा आयोजित प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यता भन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।

OM Sai Pathibhara Hospital

‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्‚’ ओलीले भने‚ ‘जातजाति पछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ।’