काठमाडौं / राष्ट्रिय सभाका २० जना सांसदको कार्यकाल आजबाट सकिँदैछ । चारवर्षे कार्यकाल पूरा भएका उनीहरूको आजबाट बिदाइ हुन लागेको हो ।

कार्यकाल सकिने सांसदहरुमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४ जना रहेका छन् । त्यस्तैगरी माओवादीका ४ जना र नेपाली कांग्रेसका ३ सांसद रहेका छन् ।

OM Sai Pathibhara Hospital

अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल, उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, खिमकुमार बिक, जीवन बुढा, दीनानाथ शर्मा, शशिकला दाहाल, दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको आजबाट राष्ट्रियसभा सदस्यको पद सकिएको हो । त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।

उनीहरुको पद समाप्त भएसँगै नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भोलि शनिबार तय भएको छ । राष्ट्रियसभा सदस्यका लागि माघ १२ निर्वाचन भएको थियो