काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बस्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको छ ।

आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त छन् । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।

OM Sai Pathibhara Hospital

माओवादी केन्द्रको शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको छ ।