काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रियसभा गृहमा जारी छ । झण्डै साढे दुई घण्टा ढिलोगरी बैठक सुरु भएको हो ।
फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ पक्षले असन्तुष्टि जनाएपछि मतभेद उत्पन्न भएको छ । बैठकमा नेता श्रेष्ठले एमसीसीबारे लिखित रूपमै फरकमत दर्ता गर्ने तयारीमा छन् ।






































