काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि साना दलले पनि आफ्नै चुनाव चिन्ह पाउने भएका छन् ।निर्वाचन आयोगले सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिन लागेको हो । बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको हो । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था थियो । तर अबदेखि आयोगले शर्तसहित साना दललाई आफ्नै चुनाव चिन्ह दिनेछ ।
काठमाडौँ / कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनाव चिह्न तीर पाएको छ। निर्वाचन आयोगले राप्रपालाई चुनाव चिन्ह तीर प्रदान गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो। तर, आयोगको उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जानकारी दिए।उनका अनुसार राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म तीर चुनाव चिह्नलाई पार्टीको प्रचार प्रसार सामग्रीमा प्रयोग गर्न कार्यकर्ताहरूलाइ आग्रहसमेत गरेको छ।
काठमाडौँ / नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय महाधिवेशन स्थगित गरिएको छ । यही चैत्र ७ गते देखि ९ गते सम्म बुटबलमा हुने भनिएको संघको महाधिवेशन स्थगित गरिएको हो । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय भएको संघका केन्द्रीय उपाध्यक्ष रामकृष्ण लकान्द्रीले जानकारी दिए । उनले भने, – ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । अब स्थानीय तहको निर्वाचन पछि जेठतिर होला की।’ २०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ। सबै जिल्लाको अधिवेशन भन
बाँके / बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसदन न्यौपानेले जानकारी दिए । जुम्लाकी ४० वर्षीया महिलाले नेपालगञ्जस्थित एक होटलमा नेता बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उजुरीका आधारमा बानियाँलाई पक्राउ गरेर अ
झापा / प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिमाली तथा पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि मनाइने फागुपूर्णिमा (होली)को शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गरेका छन् । ‘सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्री राईले भनेका छन्
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताएका छन् । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउनेछ ।निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।
काठमाडौं / नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ। स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिन थालेपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो। यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी तोकेपछि जिल्ला अध्यक्ष हेरफेर गरिएको माओवादीले जनाएको छ।रुकुम पश्चिम जिल्ला समन्वय समितिको अध्यक्षमा गोविन्द रोका, सुर्खेतको अध्यक्ष जितबहादुर राना र हुम्लाको अध्यक्षमा डा. दीपेन्द्र रोकायलाई जिम्मेवारी दिएको छ।
काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज (बुधबार)का लागी ससंदीय दलको बैठक बोलाएको छ । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो ।मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । दलको बैठक बुधबार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्दैछ ।
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल बिन फरहान अल साउदबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसअघि साउदी विदेशमन्त्रीले आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । मन्त्री खड्का र साउदी विदेशमन्त्री फैसलाबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।साउद सोमबार साँझ ने
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको चुनावमा आफूहरूले ७० प्रतिशत सिट जित्ने बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) को पूर्ण बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा एमालेले ७० प्रतिशत सिट जित्ने बताएका हुन् । एमालेले कसैसँग तालमेल र तिकडम नगर्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘हामी हिँड्न सक्छौँ, हामी लड्न सक्छौँ, स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट एक्लै जित्न सक्छौँ ।’तथाकथित बुद्धिजीवीहरूले कम्युनिष्ट नमिले एमाले सिद्धिन्छ भन्ने ढंगले निराश बनाए पनि एमाले एक्लै जित्न सक्षम रहेको उनको भना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.