बाँके / बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् । 

OM Sai Pathibhara Hospital
जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो । 
 
तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसदन न्यौपानेले जानकारी दिए । 
 
जुम्लाकी ४० वर्षीया महिलाले नेपालगञ्जस्थित एक होटलमा नेता बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । 

उजुरीका आधारमा बानियाँलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो । बानियाँमाथि अभियोग लागेपछि उनलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको छ ।