काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल बिन फरहान अल साउदबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो । 

OM Sai Pathibhara Hospital

भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि साउदी विदेशमन्त्रीले आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । मन्त्री खड्का र साउदी विदेशमन्त्री  फैसलाबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

साउद सोमबार साँझ नेपाल आएका थिए ।