काठमाडौं  / आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि साना दलले पनि आफ्नै चुनाव चिन्ह पाउने भएका छन् ।

निर्वाचन आयोगले सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिन लागेको हो । 

OM Sai Pathibhara Hospital

बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको हो । 

अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था थियो । तर अबदेखि आयोगले शर्तसहित साना दललाई आफ्नै चुनाव चिन्ह दिनेछ ।