काठमाडौँ  /  नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय महाधिवेशन स्थगित गरिएको छ । यही चैत्र ७ गते देखि ९ गते सम्म बुटबलमा हुने भनिएको संघको महाधिवेशन स्थगित गरिएको हो । 

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय भएको संघका केन्द्रीय उपाध्यक्ष रामकृष्ण लकान्द्रीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनले भने, – ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । अब स्थानीय तहको निर्वाचन पछि जेठतिर होला की।’ 

२०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ। सबै जिल्लाको अधिवेशन भने २०७३ सालमै सकिएको थियो ।