काठमाडौं / नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ। 

स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिन थालेपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो। 

OM Sai Pathibhara Hospital

यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी तोकेपछि जिल्ला अध्यक्ष हेरफेर गरिएको माओवादीले जनाएको छ।

रुकुम पश्चिम जिल्ला समन्वय समितिको अध्यक्षमा गोविन्द रोका, सुर्खेतको अध्यक्ष जितबहादुर राना र हुम्लाको अध्यक्षमा डा. दीपेन्द्र रोकायलाई जिम्मेवारी दिएको छ।