राजनीति

    Showing 7,761-7,770 of 10,369 items.
  • अपडेट : गौरादहमा एमालेको अग्रता

    बिर्तामोड / गौरादह नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट नगर प्रमुख पदका उम्मेदवार छत्रपति सुवेदीले ९ हजार ९ सय ७४ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । सुवेदीलाई पछ्याउँदै नेपाली कांग्रेसका रोहित कुमार शाहले ८ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।राप्रपाका गोपाल प्रसाद पौडेलले १ हजार १ सय २२ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादि) का खगेन्द्र प्रसाद दहालले ३९ मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयर पदमा एमालेबाट जलवर्षा राजवंशी चौधरीले ८ हजार ९ सय ५६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।चौधरीलाई पछ्याउँदै माओवादी केन्द्र

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 142 पटक पढिएको
  • बिर्तामोड –४ मा एमालेको प्यानल नै विजयी

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –४ को वडा अध्यक्षमा नेकपा एमालेका राहुल शर्मा निर्वाचित भएका छन् ।नेपाली कांग्रेसका उम्मेद्वार कूलप्रसाद सङ्ग्रौलालाइ ९३ मतान्तरले पराजित गर्दै शर्मा बिर्तामोड –४ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले एक हजार ८१३ मत पाएका छन् भने उनका निकटम् प्रतिस्पर्धी सङ्ग्रौलाले एक हजार ७२० मत पाएका छन् । शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड –४ बाट वडा सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर बिजयी भएका थिए । त्यस्तै वडा सदस्यमा पनि नेकपा एमालेका चार जना उम्मेद्वार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा योगचन्द्र आङवुहाङ्ग, टेक बहादुर अधिकारी

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 162 पटक पढिएको
  • गोकुल बाँस्कोटाको गृहनगरमा एकीकृत समाजवादी विजयी

    काभ्रे / नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृह पालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।नेकपा एसका मेयर पदका उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित मेयरमा निर्वाचित भएका हुन् । उनी नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष पनि हुन् ।वाइबाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत पाएका छन् । सो नगरपालिकामा अघिल्लो पटक एमालेबाट वाइबाले नै जितेका थिए ।उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत पाएकी छन् ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 107 पटक पढिएको
  • अर्जुनधारा नगरपालिकामा २२ हजार १७७ मत गणना गर्दा कसको कति ?

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा २२ हजार १७७ मत गणना गर्दा प्रमुख पदका उम्मेद्वार नेकपा एमालेका बलदेव सिंह गोम्देन तामाङको अग्रता कायमै रहेको छ । तामाङले १० हजार २६० मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका रञ्जिता कार्कीले ८ हजार ९१० मत प्राप्त गरेकी छिन् । राप्रपाका सूर्य कुमार खतिवडाले ८४५ मत पाएका छन् । त्यस्तै अर्जुनधाराको उपप्रमुख पदका उम्मेद्वार एमालेकी खड्क मायाँ पराजुलीले १० हजार ६७ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट माओवादीका जितेश योन्जनले पाँच हजार ५६४ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाकी तारादेवी बस्नेतले एक हजार ३०० सय मत पाए

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 221 पटक पढिएको
  • शिवसताक्षी –३ को वडा अध्यक्षमा कांग्रेसका न्यौपाने निर्वाचित

    बिर्तामोड / झापा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर –३ को वडाध्यक्षमा नेपाली कांग्रेसका भाष्कर न्यौपाने निर्वाचित भएका छन् । एमालेका नकलमान लिम्बूलाई २९१ मतले पछि पार्दै न्यौपाने शिवसताक्षी –३ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले ११२९ मत ल्याएका छन् भने लिम्बूले ८२८ मत पाएका छन् । त्यस्तै खुल्ला सदस्यमा कांग्रेसकै शंखर राई ९६० मतसहित विजयी हुँदा अर्का खुल्ला सदस्यमा एमालेका लासाङदोर्जे तामाङ ९१९ मतले निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा एमालेका मुनाकुमारी तामाङ १००६ र दलित महिला सदस्यमा एमालेकै तिर्थ दर्जी ९६४ मतसहित निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 100 पटक पढिएको
  • धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

    विराटनगर / धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् ।आज (बिहीबार) बिहान १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुऱ्याउँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् ।त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत प्राप्त गरेकी छिन् । यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत प्राप्त गरेका छन् । हालसम्म धरान उपमहानगरपालिकामा २९ हजार ४६६ मतगण

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 150 पटक पढिएको
  • मोरङको बुढीगङ्गाको अध्यक्षमा कांग्रेसका जित नारायण निर्वाचित

    विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर निर्वाचित भएका छन ।आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारूलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले आठ हजार २९९ मत ल्याउँदा थारूले सात हजार ८८० मत ल्याएका छन् । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी गच्छदार विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी तुलसी कुमारी कुँवरलाई २८२७ मतले पराजित गर्दै गच्छदार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गच्छदारले ९०५० मत ल्याउँदा एमालेकी कुँवरले ६२२३ मत ल्याएकी छन् ।१७ स

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 115 पटक पढिएको
  • पाँच सय ३४ पालिकाको मत गणना सम्पन्न, कुन दल कति स्थानमा विजयी ?

    झापा / गत ३० वैशाखमा भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३४ पालिकाहरूको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जित्दै पहिलो स्थानमा आएको छ भने १५४ पालिका प्रमुखमा जितेर नेकपा एमाले दोस्रो स्थानमा छ ।७ सय ५३ स्थानीय तह मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ । यसअघि भएको स्थानीय तह चुनावमा पनि  माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । त्यस्तै जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 171 पटक पढिएको
  • बिर्तामोडको प्रमुखमा एमालेकी प्रसाईँको अग्रता कायमै

    बिर्तामोड / बिर्तामोड नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेबाट उम्मेद्वारी दिएकी पवित्रा महतरा प्रसाईँले अग्रता कायम गरेकी छन् ।हरेक वडाको मतगणनापछि उनले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणाम अनुसार प्रसाईँले ११ हजार ४ सय ७४ मत प्राप्त गरेकी छिन् । महतरालाई पछ्याउँदै कांग्रेसका उममेदवार भोजराज सिटौलाले ९ हजार ३ सय २२ मत प्राप्त गरेका छन् भने राप्रपाका ध्रुव कुमार उप्रेतीले ४ हजार १ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै , उपमेयर पदमा एमालेका नगेन्द्र प्रसाद सङ्ग्रौलाले ११ हजार २५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । सङ्ग्रौलालाई पछ्याउँदै गठबन्धनको तर्फबाट माओवाद

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 137 पटक पढिएको
  • बिर्तामोड-८ मा राप्रपाको प्यानल नै निर्वाचित

    बिर्तामोड / विर्तामोड-८ को वडाध्यक्षमा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाको तर्फबाट अजय कार्की पुन: निर्वाचित भएका हुन् । १ हजार ४ सय ५० मत ल्याएका अजय कार्कीले नेपाली कांग्रेसका चिरञ्जीवी कार्कीलाई ७ सय १५ को मतान्तरले हराएका छन् । कांग्रेसका चिरञ्जीवी कार्कीले ७ सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै , वडा सदस्य तर्फ खुल्ला सदस्यमा सोयालाल राजवंशीले १ हजार २ सय ७४ , अग्निप्रसाद सिटौलाले १ हजार २ सय ५ , महिला सदस्यमा इन्दिरा पाण्डेले १ हजार ३ सय ४८ र दलित महिला सदस्यमा लक्ष्मी नेपालीले १ हजार ३ सय ६८ मत प्राप्त गर्दै विजयी भएका छन् । 

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 220 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.