विराटनगर / मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जित नारायण थापा मगर निर्वाचित भएका छन ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का बलभद्र सरदार थारूलाई ४१९ मतले पराजित गर्दै मगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

मगरले आठ हजार २९९ मत ल्याउँदा थारूले सात हजार ८८० मत ल्याएका छन् । 

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अमृता कुमारी गच्छदार विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी तुलसी कुमारी कुँवरलाई २८२७ मतले पराजित गर्दै गच्छदार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

गच्छदारले ९०५० मत ल्याउँदा एमालेकी कुँवरले ६२२३ मत ल्याएकी छन् ।

१७ स्थानीय तह रहेको मोरङमा हालसम्म ८ पालिकाको मतगणना सम्पन्न भइसकेको छ । बुढीगङ्गा सहित जहदा, कटहरी, सुनवर्षी, कानेपोखरी, केराबारी, लेटाङ र मिक्लाजुङको मतगणना सम्पन्न भईसकेको जनाईएको छ ।