बिर्तामोड / गौरादह नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट नगर प्रमुख पदका उम्मेदवार छत्रपति सुवेदीले ९ हजार ९ सय ७४ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । 

सुवेदीलाई पछ्याउँदै नेपाली कांग्रेसका रोहित कुमार शाहले ८ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

राप्रपाका गोपाल प्रसाद पौडेलले १ हजार १ सय २२ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादि) का खगेन्द्र प्रसाद दहालले ३९ मत प्राप्त गरेका छन् । 

त्यस्तै , उपमेयर पदमा एमालेबाट जलवर्षा राजवंशी चौधरीले ८ हजार ९ सय ५६ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।

चौधरीलाई पछ्याउँदै माओवादी केन्द्रका पुष्प लाल ढकालले ७ हजार ६ सय ९७ मत प्राप्त गरेका छन् । उप प्रमुख पदमा नै राप्रपाका भरिपूर्ण राईले १ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । 

त्यस्तै , वडा नम्बर ७ मा एमालेका बलराम खरेलले ५ सय २८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दिलनाथ कटुवालले ४ सय ४१ मत प्राप्त गरेका छन् ।

राप्रपाका टेक प्रसाद अधिकारीले ३ सय , नेकपा एसका नारायण चन्द्र राजवंशीले ११ मत प्राप्त गरेका छन् ।