बिर्तामोड / बिर्तामोड नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेबाट उम्मेद्वारी दिएकी पवित्रा महतरा प्रसाईँले अग्रता कायम गरेकी छन् ।

हरेक वडाको मतगणनापछि उनले मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो मत परिणाम अनुसार प्रसाईँले ११ हजार ४ सय ७४ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

महतरालाई पछ्याउँदै कांग्रेसका उममेदवार भोजराज सिटौलाले ९ हजार ३ सय २२ मत प्राप्त गरेका छन् भने राप्रपाका ध्रुव कुमार उप्रेतीले ४ हजार १ सय ३ मत प्राप्त गरेका छन् । 

त्यस्तै , उपमेयर पदमा एमालेका नगेन्द्र प्रसाद सङ्ग्रौलाले ११ हजार २५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । 

सङ्ग्रौलालाई पछ्याउँदै गठबन्धनको तर्फबाट माओवादीका सिपी कडरियाले ६ हजार ४८ मत प्राप्त गरेका छन् भने राप्रपाकी रञ्जु प्याकुरेलले ५ हजार ७ मत प्राप्त गरेकी छिन् ।