बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –४ को वडा अध्यक्षमा नेकपा एमालेका राहुल शर्मा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार कूलप्रसाद सङ्ग्रौलालाइ ९३ मतान्तरले पराजित गर्दै शर्मा बिर्तामोड –४ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

शर्माले एक हजार ८१३ मत पाएका छन् भने उनका निकटम् प्रतिस्पर्धी सङ्ग्रौलाले एक हजार ७२० मत पाएका छन् । 

शर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड –४ बाट वडा सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर बिजयी भएका थिए । 

त्यस्तै वडा सदस्यमा पनि नेकपा एमालेका चार जना उम्मेद्वार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा योगचन्द्र आङवुहाङ्ग, टेक बहादुर अधिकारी, यामुना देवी आचार्य र कमला महरा दर्जी रहेका छन् । 

यस अघि बिर्तामोड –१, २, ३, ८, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नम्बर १, २, ३ र ९ को वडा अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन्