विराटनगर / धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका छन् ।

आज (बिहीबार) बिहान १० बजे सार्वजनिक विवरण अनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत पुऱ्याउँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत प्राप्त गरेकी छिन् । 

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका इन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत प्राप्त गरेका छन् । 

हालसम्म धरान उपमहानगरपालिकामा २९ हजार ४६६ मतगणना भएको छ ।