बिर्तामोड / झापा झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर –३ को वडाध्यक्षमा नेपाली कांग्रेसका भाष्कर न्यौपाने निर्वाचित भएका छन् । 

एमालेका नकलमान लिम्बूलाई २९१ मतले पछि पार्दै न्यौपाने शिवसताक्षी –३ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

न्यौपानेले ११२९ मत ल्याएका छन् भने लिम्बूले ८२८ मत पाएका छन् । 

त्यस्तै खुल्ला सदस्यमा कांग्रेसकै शंखर राई ९६० मतसहित विजयी हुँदा अर्का खुल्ला सदस्यमा एमालेका लासाङदोर्जे तामाङ ९१९ मतले निर्वाचित भएका छन् । 

त्यस्तै महिला सदस्यमा एमालेका मुनाकुमारी तामाङ १००६ र दलित महिला सदस्यमा एमालेकै तिर्थ दर्जी ९६४ मतसहित निर्वाचित भएका छन् ।