झापा / गत ३० वैशाखमा भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३४ पालिकाहरूको चुनावी परिणाम घोषणा भएको छ । 

जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जित्दै पहिलो स्थानमा आएको छ भने १५४ पालिका प्रमुखमा जितेर नेकपा एमाले दोस्रो स्थानमा छ ।

OM Sai Pathibhara Hospital

७ सय ५३ स्थानीय तह मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ । यसअघि भएको स्थानीय तह चुनावमा पनि  माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । 

त्यस्तै जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरूले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।

अझै ६ महानगरपालिकासहित २१९ स्थानीय तहको परिणाम बाँकी रहेको छ ।