बिर्तामोड / विर्तामोड-८ को वडाध्यक्षमा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाको तर्फबाट अजय कार्की पुन: निर्वाचित भएका हुन् । 

१ हजार ४ सय ५० मत ल्याएका अजय कार्कीले नेपाली कांग्रेसका चिरञ्जीवी कार्कीलाई ७ सय १५ को मतान्तरले हराएका छन् । 

OM Sai Pathibhara Hospital

कांग्रेसका चिरञ्जीवी कार्कीले ७ सय ३५ मत प्राप्त गरेका छन् । 

त्यस्तै , वडा सदस्य तर्फ खुल्ला सदस्यमा सोयालाल राजवंशीले १ हजार २ सय ७४ , अग्निप्रसाद सिटौलाले १ हजार २ सय ५ , महिला सदस्यमा इन्दिरा पाण्डेले १ हजार ३ सय ४८ र दलित महिला सदस्यमा लक्ष्मी नेपालीले १ हजार ३ सय ६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।