बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा २२ हजार १७७ मत गणना गर्दा प्रमुख पदका उम्मेद्वार नेकपा एमालेका बलदेव सिंह गोम्देन तामाङको अग्रता कायमै रहेको छ । 

तामाङले १० हजार २६० मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका रञ्जिता कार्कीले ८ हजार ९१० मत प्राप्त गरेकी छिन् । राप्रपाका सूर्य कुमार खतिवडाले ८४५ मत पाएका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै अर्जुनधाराको उपप्रमुख पदका उम्मेद्वार एमालेकी खड्क मायाँ पराजुलीले १० हजार ६७ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट माओवादीका जितेश योन्जनले पाँच हजार ५६४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी राप्रपाकी तारादेवी बस्नेतले एक हजार ३०० सय मत पाएकी छिन् ।