चितवन। चितवनमा जारी रास्वपा महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को सचिवालयका तीन जना सदस्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल चुनावी मैदानमा उत्रिएसँगै बालेन–रास्वपा सहकार्यको चर्चा फेरि चुलिएको छ।तीनै जना बालेनका विश्वासपात्र र नीति निर्माण तथा संगठनात्मक काममा सक्रिय अनुहार मानिन्छन्। उनीहरूको उम्मेदवारीलाई रास्वपाभित्र नयाँ शक्ति समीकरण र वैकल्पिक राजनीतिक धारबीचको सहकार्यको संकेतका रूपमा हेरिएको छ।रास्वपा महाधिवेशनमा अब अर्को चासो—बालेन टिमका उम्मेदवारले कति मत ल्याउलान् र?
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्य खुल्ला तर्फ पदमा उम्मेदवारी दर्ता गरेका छन् ।चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहनुभएको छ भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् । उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए ।
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आजदेखि नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ। यसका लागि पार्टीले ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गराउने तयारी गरेको छ।निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएपछि उपकरणमा नाम र तस्बिर समावेश गरिनेछ र त्यसपछि मतदान सुरु हुनेछ। मतदानअघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी दिन पाँच वटा उपकरणबाट नमुना मतदानसमेत गराइनेछ।केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवार मैदानमा रहेका कारण मतदान प्रक्रिया केही लामो हुन सक्ने अनुमान गरिएको छ। विभिन्न क्लस्टरका उम्मेदवारसमेत छनोट गर्नु
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवारी परेपछि प्रतिस्पर्धा अत्यन्त रोचक बनेको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भए पनि केन्द्रीय सदस्यमा भने आकांक्षीहरूको ठूलो भीड देखिएको हो।निर्वाचन आयोगका अनुसार उम्मेदवारी रुजुपछि प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवार सूची प्रकाशन हुनेछ र त्यसपछि मतदान सुरु हुनेछ।रास्वपाले यसपटक दुई चरणमा निर्वाचन गर्ने व्यवस्था गरेको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको मतदान हुनेछ भने केन्द्रीय सदस्यको नतिजापछि मात्रै पदाधिकारी चय
चितवन— चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा अतिथि व्यवस्थापनलाई लिएर विवाद उत्पन्न भएको छ। कार्यक्रममा निमन्त्रणा गरिएका अतिथिहरूप्रति उचित सम्मान नदेखाइएको भन्दै पार्टी सभापति रवि लामिछाने असन्तुष्ट बनेका छन्।स्रोतका अनुसार, कार्यक्रममा आमन्त्रित केही अतिथिहरूले अपेक्षित सम्मान र व्यवस्थापन नपाएको गुनासो गरेपछि लामिछानेले यस विषयमा चासो व्यक्त गरेका थिए। घटनाप्रति असन्तुष्टि जनाउँदै उनले सम्बन्धित पक्षसँग स्पष्टीकरणसमेत मागेको बताइएको छ।महाधिवेशनको व्यवस्थापनमा संलग्न रहेका खगेन्द्र सुनारसँग यस विषयमा लामिछानेको असन्तुष्टि देखिएको बताइए पनि पार्टीले औपचारिक
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । बन्द सत्र पछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित घोषणा गरेको (रास्वपा) निर्वाचन आयोगका उप—प्रमुख राम गुरुङले जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए । सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको बताए ।अव केन्द्रीय समिति सदस्यका लागि भने मतदान प्रकृयाबाट अगाढि बढ्ने उप—प्रमुख राम गुरुङले जानकारी दिए ।
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ ।”निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रत
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिनुभएको हो । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनमा नेतृत्व चयनको बहसभन्दा बढी उम्मेदवारीका लागि बनाइएका मापदण्ड चर्चाको विषय बनेका छन्। उम्मेदवारी शुल्क र प्रस्तावक–समर्थकसम्बन्धी नयाँ व्यवस्थाले ठूलो संख्यामा रहेका आकांक्षीहरूलाई स्वाभाविक रूपमा प्रतिस्पर्धाबाट बाहिर धकेल्ने अवस्था सिर्जना गरेको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाउन थालेका छन्।रास्वपाले सभापति पदका लागि ५१ हजार र पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ। पार्टीले यसलाई सदस्यहरूको सामूहिक लगानी र आर्थिक आत्मनिर्भरतासँग जोडेर व्याख्या गरे पनि धेरै प्रतिनिधिहरूले य
काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई लिएर सरकारविरुद्ध आक्रामक रणनीति अपनाउने संकेत दिएको छ। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै संसद्मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्दै सरकारले कानुनी प्रक्रियाको आवरणमा प्रमुख प्रतिपक्षलाई दबाबमा राख्न खोजेको आरोप लगाएका थिए। एमाले नेताहरूले पौडेलमाथि गरिएको कारबाहीलाई विधिको शासनभन्दा पनि राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदमका रूपमा व्याख्या गरेका छन्।बैठकपछि सञ्च
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.