राजनीति

    Showing 7,671-7,680 of 10,368 items.
  • भुसालमाथि कारबाहीको सिफारिसप्रति भट्टराईको आपत्ति – आवेग र उत्तेजनाले सही ठाउँमा पुर्‍याउँदैन

    काठमाडौँ / एमाले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिसप्रति अर्का नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमालेको अनुशासन विभागले नेता घनश्याम भूसालमाथि कारबाहीको सिफारिस गरेको समाचार बाहिरिएलगत्तै भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 130 पटक पढिएको
  • सर्‍यो माओवादीको पूर्व स्थायी कमिटी बैठक, आइतबार बिहान ८ बजे बस्ने

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक स्थगित भएको छ। आजै दिउँसो ३ बजेका लागि बैठक बोलाएको बैठक भोलि (आइतबार) बिहानसम्मका लागि स्थगित भएको हो । बैठकमा केही सदस्य उपस्थित हुन नसक्ने भएपछि भोलि बिहान ८ बजेसम्मका लागि सारिएको पूर्व स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए।गजुरेलका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बिहान आइतबार बिहान बस्ने बैठकमा स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गरिने छ ।  माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 98 पटक पढिएको
  • काठमाडौं –१ बाट चुनाव लड्ने पुकार बमको घोषणा

    काठमाडौं / विवेकशील नेपालीका संस्थापक नेता तथा सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन् । अघिल्लो स्थानीय निर्वाचनमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र उठेका थिए। उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए। ‘इनफ इज इनफ’ को अभियन्ता समेत रहेका बमले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन्। बम यसअघि काठमाडौं क्षेत्र नम्बर –८ बाट उम्मेदवार बनेका थिए ।उनले अहिलेसम्म सडकबाट नागरिकका लागि काम गरेको भन्दै अव संसद्मा पुगेर नागरिकको आवाज बोल्नको लागि आफूले उम्म

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 113 पटक पढिएको
  • प्रचण्डलाई पनि भेटे बालेनले

    काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् ।खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 100 पटक पढिएको
  • ‘प्रतिनिधिसभाको चुनाव कात्तिक–मंसिरभित्रै हुन्छ’

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव कात्तिक वा मंसिर भित्रै चुनाव हुने बताएका छन् ।सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागुनमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । देउवाले भने, ‘हामी सरसल्लाह गर्दैछौँ । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिर मै चुनाव हुन्छ ।’स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबीच सम्बन्ध चिसिइ रहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरूले फागुनमा चुनाव गर्न

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 101 पटक पढिएको
  • वडाध्यक्षलाई महिला सदस्यले हानिन चप्पलले

    सप्तहरी / सप्तरीको बलान बिहुल गाउँपालिकाकी एक महिला सदस्यले नवनिर्वाचित वडाध्यक्ष माथि चप्पल प्रहार गरेकी छन् । बलान बिहुल गाउँपालिका –२ की वडा सदस्य उर्मिलादेवी गुप्ताले वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मीनारायण झामाथि चप्पल प्रहार गरेकी हुन् । वडा सदस्य गुप्ता नेकपा एमालेबाट निर्वाचित भएकी जनप्रतिनिधि हुन् भने वडाध्यक्ष झा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।बलान बिहुल गाउँपालिकामा कार्यपालिकाको निर्वाचनको समय तोकिएको थियो । कार्यपालिका सदस्यको निर्वाचन सकिए लगतै मतपेटिका सिल हुने बेलामा वडा सदस्य गुप्ताले वडाध्यक्ष झामाथि एक्कासि चप्पलले आक्रमण गरेकी गाउँपालिका अध्यक्ष खेमचन्द

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 155 पटक पढिएको
  • सङ्घीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन

    काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मत रुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको हो ।सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा गठित समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा। विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिला कुमारी सदस्य छन् ।उक्त विशेष समितिको कार्यावधि कार्य प्रारम्भ गरेको मितिले

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 95 पटक पढिएको
  • प्रधानमन्त्रीसहित मन्त्रीहरूले अझै सार्वजनिक गरेनन् सम्पत्ति विवरण

    काठमाडौँ / सरकार गठन भएको ११ महिना वितिसक्दा समेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गरेको छ ।  गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण गोप्य राखिएको प्रधानमन्त्री र मन्त्रीहरूले हो । कानुनतः कुनैपनि व्यक्तिले सार्वजनिक पद धारण गरेपछि ६० दिन भित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । र हरेक आर्थिक वर्षको अन्त्यमा पुनः सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 105 पटक पढिएको
  • पूर्वराजाको सालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, डेढ दर्जन घाइते

    रूपन्देही / बाँकेको नेपालगञ्जस्थित धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा स्वं राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।आज १९ जेठमा स्व. राजा वीरेन्द्रको सम्झनामा राजतन्त्र माग गर्दै आएको समूहले सालिक राखेपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत गरेको थियो । झडपमा परी ९ प्रहरी र आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 117 पटक पढिएको
  • मधेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

    जनकपुर / मधेश प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोक प्रस्ताव आजको बैठकमा पेश गरिने का

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.