काठमाडौं / विवेकशील नेपालीका संस्थापक नेता तथा सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन् । 

अघिल्लो स्थानीय निर्वाचनमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र उठेका थिए। उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए। 

OM Sai Pathibhara Hospital

‘इनफ इज इनफ’ को अभियन्ता समेत रहेका बमले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन्। बम यसअघि काठमाडौं क्षेत्र नम्बर –८ बाट उम्मेदवार बनेका थिए ।

उनले अहिलेसम्म सडकबाट नागरिकका लागि काम गरेको भन्दै अव संसद्मा पुगेर नागरिकको आवाज बोल्नको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।