काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन् ।